Logo बुधवार, श्रावण १३ गते २०८३
images

कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी शुक्रबार पार्टी कार्यालय जाने

कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी शुक्रबार पार्टी कार्यालय जाने

  • 660
    SHARES

  • कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी शुक्रबार पार्टी कार्यालय जाने

    काठमाडौँ,माघ ७ ।

    नेपाली कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा जाने भएको छ । 

    सभापति थापा पक्षीय नेता मनोजमणि आचार्यले शुक्रबार दिउँसो १ बजे पद बहालीका लागि सभापति थापा, पदाधिकारी र केन्द्रीय सदस्यहरू पार्टी कार्यालय सानेपा जाने जानकारी दिए । 

    विशेष महाधिवेशनबाट थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति, गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री, डा. डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादव सहमहामन्त्री चुनिएका थिए । विशेष महाधिवेशनले १३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चुनेको थियो ।

    २०७८ सालमा भएको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा र शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई शेरबहादुर देउवा नेतृत्वको समूह र डा.शेखर कोइराला नेतृत्वको समूहले अस्वीकार गरेको थियो । 

    विशेष महाधिवेशनलाई अस्वीकार गर्दै दुवै समूह निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुगेका थिए । निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता दिइसकेको छ ।

    सर्वोच्च अदालतले पनि देउवा र डा.कोइराला समूहले दायर गरेको रिटमा अन्तरिम आदेश नदिएपछि विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति पद बहालीका लागि केन्द्रीय कार्यालयमा जान लागेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology