बुटवल,माघ २४-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला कांग्रेसलाई बलियो बनाउने अभियानमा लागेका छन् ।
देशका विभिन्न क्षेत्र र गाउँगाउँमा पुगेर अभियान चलाइरहेका डा. कोइराला शुक्रबार मोरङको सुन्दरहरैंचा सलकपुर पुगे ।
सुन्दरहरैंचामा आयोजित कार्यक्रममा कोइरालाले राप्रपा पूर्व केन्द्रीय सदस्य कृष्ण भट्टराई,नेपाल सरकारका पूर्व सहसचिव प्रेमप्रकाश उप्रेती र नेपाल प्रहरीका पूर्व एसपी नरेन्द्र उप्रेतीलाई कांग्रेसमा प्रवेश गराएका छन् ।
कार्यक्रममा राप्रपा, पूर्व एमाले र पूर्व माओवादीबाट करीब २३३ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
कोइरालाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका भ्रष्टाचार, अनियमितता र बेथितिबारे खुलेरै विरोध गर्ने गरेका छन् ।
डा. कोइरालालाई कांग्रेसभित्र भावी नेतृत्वको रूपमा हेर्ने गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)