Logo बुधवार, श्रावण १३ गते २०८३
images

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु

  • 300
    SHARES

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु

    काठमाडौं,पुस २७ ।

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ ।दोस्रो विशेष अधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने भएको छ। 

    कांग्रेसको विशेष महाधिवेनले पारित गरेको कार्यविधीमा चौथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमिति विघटन गर्ने र नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ। 

    नेपाली कांग्रेसको २०७८ साल मंसिर २४ देखि २८ गतेसम्म भएको चौधौं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका थिए।मंसिर १५ गतेको केन्द्रीय समितिले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो। 

    कार्यविधिमा विशेष केन्द्रीय महाधिवेशनबाट नयाँ कार्यसमितिको निर्वाचन गर्न एक जना संयोजक सहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने प्रस्ताव गरेको छ। त्यस्तै विगतमा कांग्रेसको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयहरूको पुनरवलोकन, सुधार र आवश्यक देखिएमा निर्णयहरू निष्क्रिय तथा खारेज गरिनेछ।

    त्यस्तै विशेष महाधिवेशनले पुस २७ र २८ मा बोलाइएको केन्द्रीय महाधिवेशन वैधानिक रहेको प्रस्ताव पनि पारित गर्ने कार्यविधिमा उल्लेख छ।  यो कार्यविधिलाई हलले पारित गरिसकेको छ।

    nc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology