Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

प्याब्सन बुटवलको ७ औं वार्षिक साधारणसभा,सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालय र शिक्षकलाई सम्मान

प्याब्सन बुटवलको ७ औं वार्षिक साधारणसभा,सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालय र शिक्षकलाई सम्मान

  • 1.0K
    SHARES

  • प्याब्सन बुटवलको ७ औं वार्षिक साधारणसभा,सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालय र शिक्षकलाई सम्मान

    बुटवल,मंसिर २६ ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) बुटवल उपमहानगर कमिटीको ७ औं वार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ ।

    प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्यको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा  शिक्षा विकास समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो  । कार्यक्रममा बोल्दै पन्थीले शिक्षा क्षेत्रमा प्याब्सन बुटवलले महत्वपूर्ण कार्यहरु गर्दै आएको बताए । उनले एसईई  परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालय र शिक्षकलाई बधाई तथा शुभकामना व्यक्त गरे ।pabssion butwal (1).jpg

    कार्यक्रममा प्याब्सन नेपालका पूर्व केन्द्रीय प्राज्ञिक सल्लाहकार लोकनाथ उपाध्याय, प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष  टीकाराम न्यौपाने,केन्द्रिय सदस्य यज्ञमूर्ति पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, प्याब्सन नेपालका लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, बुटवल उपमहानगरपालिकाका बाल तथा आधारभूत शिक्षा शाखा प्रमुख कोपिला ज्ञवाली,  अभिभावक संघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

     कार्यक्रममा  शैक्षिक सत्र २०८१ मा उत्कृष्ट ४ जीपीए प्राप्त गर्ने विद्यार्थी,  प्रत्येक विद्यालयका १÷१ जना उत्कृष्ट शिक्षक, शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा प्याब्सन बुटवलका निवर्तमान अध्यक्ष कुलानन्द पाण्डे, प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष कुलराज शर्मा, हिसान रुपन्देहीका निवर्तमान अध्यक्ष दिनेश भुसाललगायतको सहभागिता रहेको थियो ।pabssion (2).jpg

    सोही कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय सदस्य तथा निर्वाचन समिति संयोजक यज्ञमुर्ति पाण्डेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । गत साउन ३० गते सम्पन्न अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा प्रथम  स्थान प्राप्त गाग्री एकेडेमी,  द्वितीय  स्थान प्राप्त तिनाउ बोर्डिङ स्कुल र तृतीय स्थान प्राप्त  वेवीस्टार मन्टेश्वरीका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्याब्सन बुटवलका उपाध्यक्ष रामकृष्ण खनालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव भुवन अधिकारीले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology