Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

राममणि बहुमुखी क्याम्पसको पाँचौं क्याम्पस सभा,पुन : धिताल नै अध्यक्ष चयन

राममणि बहुमुखी क्याम्पसको पाँचौं क्याम्पस सभा,पुन : धिताल नै अध्यक्ष चयन

  • 576
    SHARES

  • राममणि बहुमुखी क्याम्पसको पाँचौं क्याम्पस सभा,पुन : धिताल नै अध्यक्ष चयन

    बुटवल,मंसिर २१ ।  

    राममणि बहुमुखी क्याम्पस मणिग्रामको पाँचौं क्याम्पस सभा तथा तेस्रो अधिवेशन निर्विरोध नयाँ नेतृत्व चयनसहित सम्पन्न भएको छ ।

    क्याम्पस सभाले दोस्रो कार्यकालका लागि ध्रुवकुमार धितालालाई निर्विरोध अध्यक्ष चयन गरेको निर्वाचन समिति संयोजक प्रा.डा गणेशप्रसाद पाठकले बताउनुभयो । त्यस्तै सञ्चालक सदस्यहरूमा कृष्णप्रसाद पौडेल र नेत्रलाल वन निर्विरोध चुनिनुभएको निर्वाचन समितिका सदस्य प्रा. भार्गव धितालले जानकारी दिनुभयो ।  

    त्यसअघि, सञ्चालक समितिका अध्यक्ष धु्रुवकुमार धितालको अध्यक्षतामा क्याम्पस सभाका सदस्य एवम् नगरप्रमुख रामकृष्ण खाण, क्याम्पस सभा सदस्यहरूः गिरीशमणि , प्रा डा सुदर्शन नेपाल र बुद्धिनाथ शर्माले कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

    सञ्चालक समितिका सदस्य सचिव एवम् क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको सञ्चालन र उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागतमा भएका्े कार्यक्रममा बोल्दै क्याम्पस सभा सदस्य एवम् नगरप्रमुख खाणले आफ्नो तर्फबाट संस्थालाई सहयोग भैरहने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा क्याम्पस सभा सदस्यहरूको प्रतिनिधित्व गर्दै संस्थापक क्याम्पस प्रमुख प्रा सुदर्शन नेपाल, पूर्व सञ्चालक सुरेन्द्रकुमा वर्मा, स्व।वि।यू। का निवर्तमान सभापति शिव मल्ल, तिलोत्तमा ६ का वडाध्यक्ष गणेश पाठक, निर्वाचन मण्डलका सदस्य कुलप्रसाद लामिछाने लगायतले बोल्दै क्याम्पसलाई अग्रणी बनाइरहन आफूहरूको सहयोग रहने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology