काठमाडौं,मंसिर १५ ।
नेपाली कांग्रेसका सबै तहका पदाधिकारी र सदस्यको म्याद अगामी माघ मसान्तसम्म थप गरिएको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका सबै तहको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय सुनाएका हुन् ।
यही मंसिर २३ गतेबाट सबै तहको म्याद सकिने भएपछि थप गरिएको खड्काको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)