Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगियो

रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगियो

  • 1.3K
    SHARES

  • रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगियो

    काठमाडौँ,कार्तिक १९ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएको छ । जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उनलाई उपस्थित गराइएको हो ।

    भदौ २४ मा लामिछाने कारागारबाट निस्केका थिए । यसअघि आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो ।

    जेलरसँग आयोगका पदाधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाट बाहिरिँदा सार्वजनिक गरेको पत्रबारे सोधेका छन् ।

    लामिछानेसँग पनि त्यसबारे सोधपुछ तथा बयान लिइने आयोगका एक जना सदस्यले रातोपाटीलाई बताए । लामिछाने जेलबाट निस्केपछि सार्वजनिक गरिएको पत्रमा सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुनाले गृह सचिवको आदेश अनुसार थुनामुक्त गरिएको उल्लेख थियो । 

    जेनजी प्रदर्शनतर्फ सङ्केत गर्दै पत्रमा भनिएको छ– ‘थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।’

    भदौ २४ मा प्रदर्शनकारी घेरेर रविलाई जेलबाट बाहिर लगेपछि रास्वपाका मान्छेहरूले आफूलाई पत्रमा हस्ताक्षर गराएको जोशीले बयानमा खुलाएका छन् । आयोगका एक जना सदस्यले जोशीको बयान उद्धृत गर्दै भने, ‘रवि लामिछाने निस्केको डेढ घण्टापछि मलाई पत्र ल्याएर हस्ताक्षर गराए, सुरक्षा चुनौतीको कारण पत्रको ब्यहोरा हेरिनँ ।’

    यसअघि उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विन्देश्वरी भण्डारीले नख्खु कारागारको अवस्थाबारे पनि निरीक्षण गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology