Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थुनामुक्त गर्न माग गर्दै रविले दिए रूपन्देही अदालतमा निवेदन

थुनामुक्त गर्न माग गर्दै रविले दिए रूपन्देही अदालतमा निवेदन

  • 1.5K
    SHARES

  • थुनामुक्त गर्न माग गर्दै रविले दिए रूपन्देही अदालतमा निवेदन

    भैरहवा,साउन २२ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा लामिछाने चैत २५ गतेदेखि रुपन्देही कारागारमा थुनामा रहेका छन् ।

    आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् ।

    लामिछानेको सचिवालयले १९ साउनमा अदालतमा निवेदन दिएको भए पनि यो विषय तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो । रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले थुनामुक्त हुन निवेदन दिएकाबारे चार दिनपछि बिहीबार (आज) मात्रै थाहा पाएको बताए । रुपन्देहीबाट काठमाडौं कारागार सर्न खोजे पनि गृह मन्त्रालयले रोकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology