Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कारागारमा पुगेर बाबुरामले भेटे रवि लामिछानेलाई

कारागारमा पुगेर बाबुरामले भेटे रवि लामिछानेलाई

  • 999
    SHARES

  • कारागारमा पुगेर बाबुरामले भेटे रवि लामिछानेलाई

    बुटवल,साउन २२ ।

    नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई भेटेका छन् । बिहीबार अध्यक्ष भट्टराईले सभापति लामिछानेलाई भेटेका हुन् । 

    भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकोले भेट्न आएको समेत बताए ।

    उनले अदालतले गरेको फैसलामा टिप्पणी नगर्ने तर अहिले रवि लामिछानेमाथिको अभियोग पुष्टि नभएको बताए । लामिछाने जनताको प्रतिनिधि भएको नाताले कतै भागेर जाने सम्भावना नभएको पनि उनले बताए ।

    नेसपा लुम्बिनी प्रदेशको दुई दिने प्रशिक्षण कार्यक्रममा भैरहवा आएका डा. भट्टराईले कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेसँग भेटघाटमा गर्नुभएको नेसपा नयाँ शक्तिका केन्द्रीय सदस्य  पङ्कज राईले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology