बुटवल,माघ १६-
नेपाली कांग्रेसका भातृ सस्थाहरुले यहि माघ १९ गते गर्ने विरोधसभाको तयारीका लागि विपि स्मृति भवन सन्धिखर्कमा भातृ संस्थाहरुको बैठक सम्पन्न गरेका छन् ।
नेपाली कांग्रेसका सबै भातृ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको बैठकले पाटीको केन्द्रिय कार्यक्रम अनुसार भातृ सस्थाहरुले गर्ने विरोध सभालाई भव्य रुपले सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकमा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले सकारको असंबैधानिक कदमका बिरुद्धमा सबै एकजुट भएर आन्दोलनमा उत्रनु पर्ने बताउनुभयो ।
उहाँले लोकतन्त्रको रक्षाको लागि सबैलाई एक भएर अगाडी बढ्न आग्र गर्नुभयो । बैठक जिल्ला उप सभापति शान्ता भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)