काठमाडौं,जेठ ९ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।
न्यायाधीशहरू डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।
लामिछाने बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा रुपन्देहीको भैरहवा कारागारमा रहेका छन् ।गएको वैशाख ७ गते लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ भएको हो ।
यो मुद्दामा गएको माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यो आदेशविरुद्ध रुपन्देही सरकारी वकिलको कार्यालयले रिट दर्ता गरेकोमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
सर्वोच्चले पूर्वडीआईजी छविलाल जोशीलाई पनि थुनामा राख्ने आदेश सदर गरेको छ ।




नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)