Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्बौं खर्चेर भ्रष्टाचार बढाउने चुनाव अहिले आवश्यक छैन : रामचन्द्र पौडेल

अर्बौं खर्चेर भ्रष्टाचार बढाउने चुनाव अहिले आवश्यक छैन : रामचन्द्र पौडेल

  • 3.2K
    SHARES

  • अर्बौं खर्चेर भ्रष्टाचार बढाउने चुनाव अहिले आवश्यक छैन : रामचन्द्र पौडेल

    मोरङ,माघ ११-

    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले कम्युनिष्टको एजेन्डा नभइ आफ्नै एजेन्डामा जानुपर्ने बताएका छन् । आइतबार विराटनगरमा ओयोजित एक कार्यक्रममा पौडेलले कांग्रेसले प्रतिनिधिसभा पुनस्स्थापनाको आफ्नै एजेन्डामा अघि बढ्नुपर्ने बताएका हुन् ।

    उनले कांग्रेसमा दुई लाइन नभएको प्रस्ट पारे । सर्वोच्च अदालतमा सेटिङ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो चुनाव गराउँछन् भन्ने उनले प्रश्न उठाए । पौडेलले विकासको बजेट कटौती गरी अर्बौं खर्चेर भ्रष्टाचार बढाउने चुनाव आवश्यक नभएको बताए ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गरी पौडेलले अदालतलाई केही भन्नु हुँदैन भन्दै नाटकीय छलछाम र जनतालाई धोका दिने काम गर्न नहुने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology