Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आजदेखि तिलोत्तमा गोल्डकप ,उद्घाटनमा आयोजक र एपीएफ भिड्दै

आजदेखि तिलोत्तमा गोल्डकप ,उद्घाटनमा आयोजक र एपीएफ भिड्दै

  • 1.0K
    SHARES

  • आजदेखि तिलोत्तमा गोल्डकप ,उद्घाटनमा आयोजक र एपीएफ भिड्दै

    बुटवल,चैत ९ ।

    रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । बुटवल ११ देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान हुने प्रतियोगिताको उद्घाटनमा आज आयोजक र विभागीय टोली एपीएफ बीच प्रतिस्पर्धा हुँदै छ । 
    १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैया, ८८ हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।


    रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा बुटवल उपमहानगरको आर्थिक सहयोग र संरक्षकत्वमा २३ औँ संस्करणको प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका लागि सबै तयारी पूरा भएको एन्फा रुपन्देही अध्यक्ष लोक पुनले बताउनुभयो । यो वर्ष पुरस्कार राशीमा समेत अघिल्लो संस्करणभन्दा १ लाख रुपैया वृद्धि गरिएको उहाले बताउनुभयो ।

    ‘प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।’–उहाले भन्नुभयो ।

     यसैगरि उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने छ ।

    व्यस्त स्याडुलका कारण यो वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मर्याङदी क्लब भने प्रतियोगितामा सहभागी नहुने उहाले बताउनुभयो ।

    यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गर्ने छन् ।tilottama-goldcup press meet.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology