स्याङ्जा,चैत्र ७ ।
वालिङ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका निरज श्रेष्ठ विजयी भएका छन्। सबै पदमा नेविसंघ जितेको छ भने सचिवमा अनेरास्ववीयू विजयी भएको छ।
नेविसंघका निरज श्रेष्ठ ३७७ मत पाएर स्ववियु सभापतिमा निर्वाचित भएका हुन। श्रेष्ठले अनेरास्ववियुबाट सभापतिका उम्मेदवार बनेका विष्णु पंगेनीलाई पराजित गरेका हुन्।
पंगेनीले ३४२ मत पाए।सचिवमा अनेरास्ववियुका उम्मेदवार बिना रेग्मीले नेविसंघबाट उम्मेदवार बनेकी ममता रेग्मीलाई पराजित गरिन्। बिना ३६६ मत र ममताले ३४२ मत पाएका थिए।
कोषाध्यक्षमा नेविसंघका विवेक कुँवरले अनेरास्ववियुका भुमबहादुर राना किस्मतलाई पराजित गर्दै विजयी भए। कुँवरले ४०६ र रानाले २९२ मत ल्याए।
सदस्यमा नेविसंघका उम्मेदवार पूजा कोइराला ४०३, नम्रता पौडेल ३९५, पवित्रा विक ३९८, प्रवेश पौड्याल ४२२, दिपा कुमारी आले ३९३ र याम प्रसाद पङ्गेनीले ४२४ मत पाए। ९ सय ९४ मतदाता रहेको क्याम्पसमा ७२८ मत खसेको निर्वाचन समितिले जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)