Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्याङजाको चार क्याम्पसमा नेविसंघ, एकमा अनेरास्ववियु

स्याङजाको चार क्याम्पसमा नेविसंघ, एकमा अनेरास्ववियु

  • 1.1K
    SHARES

  • स्याङजाको चार क्याम्पसमा नेविसंघ, एकमा अनेरास्ववियु

    वालिङ, चैत ६ ।

    स्याङजामा स्ववियुको चुनावी प्रक्रिया सुरु भएकामध्ये पाँच वटा क्याम्पसको नतिजा सार्वजनिक भएको छ । मंगलबार सम्पन्न भएको वालिङ बहुमुखी क्याम्पस र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले सभापति जितेको छ ।

    सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले सभापतिमा जित हात पारेको छ । जिल्लामा धेरै मतदाता रहेको वालिङ बहुमुखी क्याम्पसमा नेविसंघका निरज श्रेष्ठ सभापतिमा निर्वाचित हुनुभएको छ । सचिवमा अनेरास्ववियुकी बिना रेग्मी बाहेक सबै पदमा नेविसंघ बिजयी भएको छ । 

    यस्तै, जिल्ला सदरमुकाममा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेविसंघका देवदत्त सुवेदीको प्यानल निर्वाचित भएको छ । यस्तै, फेदीखोलामा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको सभापतिमा प्रतीक्षा गोदारको प्यानल बिजयी भएको छ । समानुपातिकमा भने नेविसंघ र अनेरास्ववियुका दुई–दुई जना निर्वाचित भएका छन् । 

    यस्तै, गल्याङको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसमा नेविसंघका गोविन्द भण्डारी र चापाकोटमा रहेको राधादामोदर संस्कृत विद्यापीठमा नेविसंघका रविन भट्टराई सभापतिमा चयन हुनुभएको छ । दुबै क्याम्पसमा सहमतिका आधारमा स्ववियु गठन भएको हो । यसैबिच कालीगण्डकीको मिर्मी बहुमुखी क्याम्पस र गल्याङको गल्याङ बहुमुखी क्याम्पसमा विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।

    मिर्मी बहुमुखी क्याम्पसमा सहमतिको प्रयास भइरहँदा नेकपा ९एमाले० ले एकलौटी गर्ने प्रयास गरेको भन्दै क्याम्पसका १२ जना सञ्चालक समिति सदस्यले सामुहिक राजिनामा समेत दिएका छन् । क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले छलफलको प्रयास जारी रहेको जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology