Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी,अध्यक्षमा राना भारी मतले निर्वाचित

यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी,अध्यक्षमा राना भारी मतले निर्वाचित

  • 1.5K
    SHARES

  • यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी,अध्यक्षमा राना भारी मतले निर्वाचित

    बुटवल,चैत्र ५ ।

    रुपन्देहीको शुद्धोधनमा ३ रमवापुरमा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी भएको छ ।

    आजै सम्पन्न स्ववियु निर्वाचनमा संयुक्त प्यानललाई पराजित गर्दै आदेश राना नेतृत्वको नेविसंघको प्यानल विजयी भएको हो ।

    रानाले ३१५ मत ल्याएर विजयी भएको  क्याम्पसका निर्वाचन अधिकृत भिम प्रसाद सापकोटाले  बताए ।उनका प्रतिस्पर्धी संयुक्त प्यानलका अन्जिता चौधरीले १४४ मत ल्याएर पराजित भएकी छन् । सचिवमा रम्भा थारुले ३०१ मत ल्याएर विजय भइन भने सयुक्त प्यानलबाट अतुल मिश्र १५७  मत ल्याएर पराजित भए ।त्यस्तै कोषाध्यक्षमा माधव कुमार कडेल ३२३ मत ल्याएर निर्वाचित भएका हुन्।

    उनका निकटतम प्रतिद्वन्दी  हसिबुन निशाले १५० मत  ल्याइ पराजित भइन ।खुल्ला सदस्यहरुमा  किसन थारु,सानिया चालिसे,सुरेन्द्र पाठक,कृष्ण बहादुर लोनिया,अनुराधा कुमारी हरिजन निर्वाचित भएको क्याम्पसले जनाएको छ । 

    यस्तै समानुपातिक तर्फ नेविसंघले मत प्राप्त गर्दै ५ जना  सदस्य,अनेरास्ववियुले १४३ मत प्राप्त गर्दै २ जना सदस्य प्राप्त गरेको छ भने अखिल क्रान्तिकारीले १७ मत प्राप्त गरेको छ ।क्याम्पसमा अनेरास्ववियु र अखिल (क्रन्तिकारी)तालमेल थियो भने नेविसंघ एकल प्रतिस्पर्धामा थियो ।

    क्याम्पसमा  ५५० जना विद्यार्थी रहेकोमा ४६७  जनाले मतदानमा भाग लिएका थिए भने ४ मत बदर भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology