Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘ओलीले संविधान,कम्युनिष्ट पार्टी ,गणतन्त्र र राष्ट्रियता सिध्याउन खोजे तर हामी दिदैनाैँ’ : इन्चार्ज युवराज ज्ञवाली (भिडियाेसहित)

‘ओलीले संविधान,कम्युनिष्ट पार्टी ,गणतन्त्र र राष्ट्रियता सिध्याउन खोजे तर हामी दिदैनाैँ’ : इन्चार्ज युवराज ज्ञवाली (भिडियाेसहित)

  • 4.5K
    SHARES

  • ‘ओलीले संविधान,कम्युनिष्ट पार्टी ,गणतन्त्र र राष्ट्रियता सिध्याउन खोजे तर हामी दिदैनाैँ’ : इन्चार्ज युवराज ज्ञवाली (भिडियाेसहित)

    बुटवल,माघ १०-

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड-माधव समूहका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कम्युनिस्ट आन्दोलन, गणतन्त्र र राष्ट्रियता सिध्याउन खोजेको बताएका छन् ।

    उनलाई पार्टीले अध्यक्षबाट हटाइसकेकाले पुनः नेतृत्वमा ल्याउन सम्भव नभएको प्रष्ट पारे । प्रचण्ड-माधव समूहको लुम्बिनी प्रदेशस्तरीय संघर्ष समितिले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले केपी ओलीले कम्युनिस्टको खोल ओढेर राष्ट्रघाती र प्रतिगमनकारी काम गरेको बताए ।

    उनले भने-‘ओलीले एकैपटक कम्युनिस्ट पार्टी, गणतन्त्र र राष्ट्रियतामाथि ठूलो प्रहार गरेका छन्,प्रतिनिधिसभा विघटन गरेर ओलीले तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझीभन्दा पनि बढी प्रतिगामी र राष्ट्रघाती काम गरेको बताए । ओलीको कदम रायमाझीको भन्दा बढी प्रतिगामी र जनघाती छ ।’

    केशरजंग रायमाझीले राजा महेन्द्रको  कदमलाई समर्थन मात्र गरेको तर ओलीले आफै प्रतिगमन गरेर गणतन्त्र समाप्त पार्ने र रायमाझीले भन्दा अझ बढी क्षति पुर्‍याउन खोजेको उनले बताए ।

    प्रचण्ड-माधव समूहले माघ १५ गते बुटवलमा शक्ति प्रदर्शन गर्ने :

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड-माधव समूहले माघ १५ गते बुटवलको पुष्पलालपार्कमा शक्ति प्रदर्शन सहित विरोध सभा गर्ने भएकाे छ ।

    सभामा अध्यक्षद्वय माधवकुमार नेपाल, पुष्पकमल दाहाल,नेता घनश्याम भुसाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको युवा नेता राजु गुरुङले जानकारी दिए ।nekapa lumbini.jpg

    संघर्ष समितिका संयोजक पार्टीका केन्द्रीय सदस्य ठाकुर गैरेले प्रधानमन्त्री ओलीको नेतृत्वमा संविधान च्यातेर प्रतिगमन र निरंकुशता लाद्ने कामको शुरुवात भएकाले संविधान र लोकतान्त्रिक गणतन्त्र जोगाउन वाध्य भएर सडक आन्दोलनमा आउनुपरेको बताए ।

    विगतमा पनि प्रतिगमन र निरंकुशताविरुद्धका आन्दोलनमा नागरिक समाज र मिडियाको साथ रहेको स्मरण गर्दै यो आन्दोलनलाई प्रचण्ड – माधव पक्षको मात्रै आन्दोलनका रुपमा नबुझ्न आग्रह गरे ।

    सो दिन राजमार्ग चौराहा, गोलपार्क, तिनाउ पारी र गोलपार्क गरी चार स्थानबाट जुलुस आएर पुष्पलालपार्कमा विरोधसभा हुने नेकपाका नेता सिद्धिचरण भट्टराइले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology