बुटवल,फागुन २२ ।
नीजि तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको १६ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदैछ ।
महाधिवेशनमा उपाध्यक्षका लागि बुटवलका हेमलाल भुसाल शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । रुपन्देहीको तिलोत्तमा वडा नम्बर ३ मा सञ्चालित बुटवल पव्लिक स्कुलका संस्थापक अध्यक्ष भुसालले उपाध्यक्षका लागि बुधबार मनोनयन दर्ता गरिसकेको नागरिक अनलाइनलाइ बताउनुभयो ।
यही फागुन २६ र २७ गते काठमाडौंमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । उक्त अधिवेशनबाट नेतृत्वमा आउनका लागि नीजि विद्यालयका सञ्चालकहरु केही दिन यतादेखि महाधिवेशन तयारीमा जुटेका छन् ।
नीजि क्षेत्रको लगानी स्कुल सञ्चालन गरेका भुसाल लामो समयदेखि नीजि तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको जिल्ला र केन्द्रमा रहेर काम गर्दै आएका अनुभवी र पाका मानिनुहुन्छ ।
नीजि तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन रुपन्देहीको कार्यसमिति, कोषाध्यक्ष, सल्लाहकार हुंदै प्याब्सन केन्द्रिय समितिको कार्यसमिति सदस्य भएर काम गरेका उहाँ अहिलेका केन्द्रिय कोषाध्यक्ष हुनुहुन्छ ।
कोषाध्यक्षमा रहेर सफल काम गरेको प्याब्सनमा लामो समय काम गरेको अनुभव भएकाले अहिले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको भुसालले बताउनु भयो । संस्थालाई संस्थागत रुपमा थप विकास र व्यवस्थित गर्नका लागि आफुले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।
देशभरका साथीहरुको साथ सहयोग र सुझाव सल्लाह लिएर उपाध्यक्ष पदमा उम्मेदवारी दिएको भुसालले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)