बुटवल,फागुन ४ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रूपन्देहीको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष रविन्द्रकुमार कार्कीले बुटवल रामनगरमा रहेको गणमा संघको कार्यालय भवन निर्माण गर्ने,सदस्यता बृद्धि गर्ने,भेटघाट तथा अन्तरक्रिया गर्ने भावि योजना रहेको बताउनुभयो । सो अवसरमा बोल्दै प्रमुख अतिथि रामनगर ब्यारेक तारादल गणका गणपति प्रमुख सेनानी सुवर्ण खड्काले संघले गरिरहेका कामहरू सकारात्मक रहेको बताउनुभयो ।
संघका केन्द्रिय सदस्य इन्द्रबहादुर कुवरले काठमाडौं पुल्चोकमा सैनिक संघको भवन निर्माण भैरहेको बताउनुभयो । केन्द्रिय समितिले भवन सकेपछि मासिक ५ लाख बराबर भाडामा लगाउने र त्यसबाट आउने रकमलाइ बिरामी वा उपचाररत पुर्व सैनिकहरू दिने तयारी भएको बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार जोबानसिंह ठकुरीले सैनिक जीवनको अवकासपछि समाजसंग घुलमिल हुन समेत कठिन भएको स्मरण गर्नुभयो । उहाले संघलाइ अगाडि बढाउन सबैको साथ रहनुपर्ने बताउनुभयो ।
क्षेत्र न २ का क्षेत्रिय सभापति बमबहादुर थापाले एकतामा बल रहेको भन्दै संघमा आवद्ध हुन र एकजुट हुन सबैलाई आग्रह गर्नुभयो ।
रूपन्देहीमा बस्ने ५ हजार जना भुपु सैनिक मध्ये संघमा ५९० जना आवद्धरहि हाल भने १८० जनाको नविकरण भएको संघले जनाएको छ ।
कार्यक्रममा कोषाध्यक्ष गणेश सुवेदीद्वारा प्रस्तुत प्रतिवेदन पारित गरिएको छ। फिल्ड हस्पिटल रूपन्देहीका भुवन सिंह खड्काले हस्पिटलले गरेका गतिबिधिबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा भुपु सैनिकका परिवार एकल महिलाहरू,घाइते हुनुभइ उपचाररत भूपूहरूलाइ दोसल्ला तथा प्रशंसापत्रले सम्मान साथै आजिवन सदस्यलाइ प्रमाणपत्र समेत बितरण गरिएको थियो । साधारणसभाको संचालन सुवेदार नरप्रसाद खनाल र स्वागत उपाध्यक्ष मिनबहादुर खत्रीले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)