Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रविमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनियो : उपसभापति स्वर्णिम वाग्ले

रविमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनियो : उपसभापति स्वर्णिम वाग्ले

  • 1.1K
    SHARES

  • रविमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनियो : उपसभापति स्वर्णिम वाग्ले

    बुटवल,माघ १८।

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा नगरे कानुनी उपचार खोज्ने बताएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पार्टी उपसभापति स्वर्णिम वाग्लेले यस्तो चेतावनी दिएका हुन् । 

    वाग्लेले सभापति लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लगाए । उनले संवैधानिक व्यवस्थाको बेवास्ता गर्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गर्दै उनले रास्वपाले यसको कानुनी निदान खोज्ने बताए । 'विश्वमा नै नयाँ शक्तिहरूलाई बेवास्ता गर्ने, खिसिट्युरी गर्ने,आक्रमण गर्ने र अस्तित्व स्विकार्ने चरणहरू हुँदा रहेछन् ।

    हामी अहिले आक्रमणको चरणबाट गुज्रिरहेको महसुस भएको छ । तर चौथो चरण चाँडै नै आउँछ । त्यो भनेको अस्तित्वको स्वीकार्यता, प्रवेश,तेस्रो चरणबाट चौथो चरणमा जानेमा हामी पूर्ण विश्वस्त छौं,' उनले भने ।

    सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरिएको पनि उनले बताए । 'रवि लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको छ ।

    अदालतको विचाराधीन विषयमा म बोल्नुहुँदैन । म बोल्दिनँ । तत्कालीन राजाले बनाएको शाही आयोगको टार्गेटमा पर्नुभएका कतिपय नेताहरू आज पनि सक्रिय राजनीतिमा हुनुहुन्छ । नाम चलेका सबै नेताहरुलाई खोरमा हाल्ने तत्कालीन शाही आयोगलाई अदालतले खारेज गरेको त्यो न्यायिक साहस, त्यो आँटको अभ्यास भएको देश हो यो,' उनले भने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology