Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल ज्योतिनगर,लक्ष्मीनगर बस्ति जोगाउन पालिकाको जोडबल,पहिरो नियन्त्रणको काम शुभारम्भ

बुटवल ज्योतिनगर,लक्ष्मीनगर बस्ति जोगाउन पालिकाको जोडबल,पहिरो नियन्त्रणको काम शुभारम्भ

  • 1.5K
    SHARES

  • बुटवल ज्योतिनगर,लक्ष्मीनगर बस्ति जोगाउन पालिकाको जोडबल,पहिरो नियन्त्रणको काम शुभारम्भ

    बुटवल,माघ ११ ।

    बुटवल उपमहानगरपालिकाको ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रणका लागि चेकड्याम, रिटर्निंग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको कामको शुभारम्भ गरेको छ । बुटवल वडा न ३ र वडा न ४ बम्घाट क्षेत्रमा एक समारोहका बिचमा कामको शिलान्यास गरिएको हो ।

    बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेय,उपप्रमुख साबित्रादेबी अर्याल,वडा न ३ का अध्यक्ष बिष्णु ढकाल र वडान ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले संयुक्त रुपमा कामको शिलान्यास गर्नुभयो । 
    यहि माघ ७ गते सम्झौता भइ आगामी जेठ ३० गतेभित्रै सक्नेगरि एम आर देवका जेभिलाइ करिब साढे ३ करोडको लगानी ठेक्का दिइएको इन्जिनियर गौतम रौनियारले बताउनुभयो । 
    सो क्षेत्रका करिब ३० स्थानमा तारजाली लगाउने  र पहिरो रोक्ने काम हुने छ ।

    लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर ,मिलनपथ,र लक्ष्मीनगर क्षेत्रका करिब ३५० घरधुरी प्रभावित हुने खतरालाइ रोक्न नगरपालिकाले आफ्नै पहलमा प्राथमिकताका साथमा काम थालेको प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । 
    पाण्डेयले पहिरोबाट बस्ती जोगाउनका लागि सबै प्रयास गरिने बताउनुभयो ।

    प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निंग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम सुरु भएको हो। स्थानीयले प्रभावित क्षेत्रमा सरकारलाइ सहजै भेट्ने गरि आफुहरु निर्बाचित भएपछि जोखिम मोलेर काम गरिरहेको उपप्रमुख साबित्रादेबी अर्यालको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology