Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

संसद्‌मा २ वर्षमा १७ वटा विधेयक मात्रै पारित

संसद्‌मा २ वर्षमा १७ वटा विधेयक मात्रै पारित

  • 885
    SHARES

  • संसद्‌मा २ वर्षमा १७ वटा विधेयक मात्रै पारित

    काठमाडौँ,पुस २१ ।

    नेपालको संसद्ले  दुई वर्षमा १७ वटा विधेयक मात्रै पारित गरेको छ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले २ वर्षमा १७ वटा विधेयक मात्रै पारित हुनु दुःखद भएको बताएका छन्। १७ वटामध्ये ६ वटा विधेयक बजेटसँग सम्बन्धित रहेका थिए।

    बजेटसँग सम्बन्धित विधेयक पास नगरेदेखि मुलुक नै चल्दैन। ११ वटा मात्रै विधेयक पारित भएको घिमिरेले जनाए। यसले गर्दा स्थानीय तह र प्रदेश सरकारलाई समेत नयाँ कानून बनाउन अप्ठ्यारो भयो।

    संसद्मा विचाराधीन विधेयकमा छिटो सहमति खोज्ने बारेमा संयन्त्रले दबाव नदिने पनि स्पष्ट पारे। प्रमुख सचेतक घिमिरेले समितिले नै सहमति गरेर ल्याउने तर संयन्त्रले कुनै हस्तक्षेप नगर्ने बताए।

    संयन्त्रले विधेयकहरू छिटो पास गर्न समिति र सांसदहरूलाई उत्साहित गर्ने उल्लेख गरे। कुनैपनि विषयमा अल्झिएर लामो समयसम्म विधेयक बसेको खण्डमा त्यसको समाधान कसरी गर्ने भन्नेबारेमा भने संयन्त्रले सहजीकरण र समन्वय गर्ने बताए।

    घिमिरेले संसद्को आगामी अधिवेशनमा बिजनेसको कमी नहुने पनि स्पष्ट पारे। हिउँदे अधिवेशनबाट ३० वटा विधेयक पारित गर्नसके ठूलो उपलब्धि हुने बताए। पुस अन्तिमसम्म संसद् अधिवेशन आह्वान हुने विश्वास व्यक्त गरे।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology