Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

प्रदेशका मन्त्री पनि केन्द्रबाटै छनोट गर्ने हो भने संघीयताको कुनै अर्थ छैन :सभापति पुन

प्रदेशका मन्त्री पनि केन्द्रबाटै छनोट गर्ने हो भने संघीयताको कुनै अर्थ छैन :सभापति पुन

  • 1.8K
    SHARES

  • प्रदेशका मन्त्री पनि केन्द्रबाटै छनोट गर्ने हो भने संघीयताको कुनै अर्थ छैन :सभापति पुन

    बुटवल,कार्तिक १२ ।

    नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संघीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा संघीयताको औचित्यमाथी प्रश्न उठ्न थालेको बताएका छन् ।

    प्रदेशलाई दिनुपर्ने अधिकार नदिदा सरकारले काम गर्न नसकेको भन्दै उनले प्रदेशलाई अधिकार सम्पन्न गराउनुको सट्टा अंकुश लगाउने काम भएको बताए ।

    नेपाल प्रेस युनियन रूपन्देहीद्वारा सोमबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले राजनीतिक नेतृत्व कर्मचारी प्रशासनमा रहेको केन्द्रीकृत मानसिकताका कारण जनताले संघीयताको अनुभुती गर्न नपाएको धारणा राखे ।

    स्थानीय तहका जनता तथा कार्यकर्ताको भावना र समस्या बुझ्न आफुले सभापतिसँग पालिका सम्वाद कार्यक्रम लिएर स्थानीय स्तरमा पुगेको भन्दै उनले त्यस क्रममा जनस्तरबाट पनि संघीयताको अनुभुती गर्न नपाएको गुनासो गरेको जानकारी गराए ।

    नेपाली कांग्रेस मात्रै नभएर सबै पार्टीका केन्द्रीय नेतृत्वमा रहेका नेता तथा कर्मचारी संयन्त्रले संघलाईनै बलियो बनाउने तर्फ लागेको भन्दै उनले राजनीतिक नेतृत्वले केन्द्रिकृत मानसिकता त्यागेर जनताका आवश्यकता र माहरू सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

    जनताको लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै सभापति पुनले भने – “कि संघीयताको मर्म र भावना अनुसार चल्नुपर्छ संघीयता आवश्यक छैन भने खारेज गरिदिए हुन्छ ।”

    प्रदेश सरकारका मन्त्री छनोट पनि केन्द्रबाटै गर्ने हो भने संघीयताको कुनै अर्थ नहुने उनको भनाइ छ ।

    देश संकटमा परेका बेला कांग्रेस एमाले एक ठाउँमा उभिने गरेको स्मरण गर्दै उनले अहिले पनि मुलुक संकटमा परेकाले दुई दल मिलेर अन्य दललाई समेत मिलाएर अगाडि बढेको उल्लेख गरे ।

    राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि दुई ठूला दल मिलेको भन्दै सभापति पुनले बर्तमान सरकारलाई फलनाले गर्न दिएन भनेर उम्किने छुट नभएको बताए ।

    न्यायालयलाई प्रभाव पार्नेगरी प्रदर्शन गर्नु गलत भएको भन्दै उनले कुनै दल बिशेशलाई केन्द्रमा राखेर दल बिभाजन अध्यादेश ल्याउनुभन्दा समस्या छन् भने सबैलाई सधैं काम लाग्नेगरी ऐन ल्याउन सरकारलाई सुझाव दिए ।

    प्रेस युनियन रूपन्देहीका अध्यक्ष  कबिन्द्र नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।amar sing.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, कार्तिक १२ २०८१०३:२८:३२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology