Logo बिहिवार, आश्विन १ गते २०८३
images

दानापुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दोश्रो साधारणसभा

दानापुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दोश्रो साधारणसभा

  • 1.2K
    SHARES

  • दानापुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दोश्रो साधारणसभा

    कञ्चन,असोज १८ । 

    दानापुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, कञ्चन १ दानापुर रुपन्देहीको दोश्रो साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन लुम्बिनी प्रदेशक भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकालले गर्नु भएको हो।

    साधारण सभाको उद्घाटन गर्दै रुपन्देही ५(क)का सभासद समेत रहनु भएका मन्त्री ढकालले आफुले निर्वाचनको समयमा आम मतदाताहरु बिच गरेको प्रतिवद्धता अनुसार कार्य गर्दै आइरहेको र बांकी प्रतिवद्धताहरुलाई आगामी बर्षहरुमा निरन्तर रुपमा पुरा गर्दै जाने बताउनु भयो।

    नागरिकहरुलाई स्वस्थ र स्वच्छ पानी खुवाउने नेपाल सरकारको मुख्य कार्यक्रम अनुसार कञ्चनका प्राय खानेपानी योजनाहरु पुरा हुनेक्रममा रहेको र ती योजनाहरुलाई पुार गर्न आफुले कुनै तवरबाट सम्पन्न गर्न प्रयत्नशिल रहने प्रतिवद्धता समेत मन्त्री ढकालले बताउनुभयो।

    मन्त्री ढकालले कुनै पनि योजना वा कार्यक्रम सम्पन्न गर्न एक्लैको बल र योजनाले भन्दा पनि सामुहिक छलफलबाट बन्ने योजना र सहकार्यले सम्भव हुने भन्दै दीगो बिकासका लागि सबै पक्षको निगरानी र सतर्कता अनिवार्य हुने बताउनुभयो।

    कार्यक्रममा जिल्ला खानोपनी डिभिजन कार्यलयका प्रमुख राजकुमार चौधरीले योजना संचालन समितिका पदाधिकारीको सक्रियता डिभिजनका कर्मचारी र सम्बन्धित क्षेत्रका सांसद तथा मन्त्रीहरुको आपसी समन्वय र सहकार्यले दानापुर खानेपानी योजना छोटो समयमै सम्पन्न हुनेक्रममा रहेको बताउनु भयो।

    सबैभन्दा ठूलो इच्छाशक्ती र इच्छाशक्तीलाई ढकेल्न सहकार्य भयो भने हरेक कठिनाईहरुलाई सहजै पार गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण कञ्चनवासीले देखाएको उल्लेख गर्दै कञ्चनका जे जति योजनाहरु संचालन भइरहेका छन ती सबैमा स्थानीयहरुको सक्रियताकै उपज भएको बताउनु भयो।

    यसैगरी वडा नं. १ का वडा अध्यक्ष हरिनारयाण थारुले वडावासीकोहरुको समस्या समाधान गर्न र वडावासीहरुको गुनासाहरुलाई पालिका र यस क्षेत्रका सांसदहरु समक्ष पुर्याएर गुनासो हल गर्नमा आफुले कुन रात र दिन नभनेको बताउनु भयो। वडावासीहरुको समस्यासंग नजिक भएर काम गरेकै कारण पुनः दोश्रो कार्यकालका लागि वडावासीले विजयी गराएको अभिभारा पुरा गर्न सदैव प्रतिवद्ध भई कार्य गरिरहेको समेत वडा अध्यक्ष थारुले बताउनु भयो।

    कार्यक्रममा खानेपानी उपभोक्ता महासंघ, कञ्चनका अध्यक्ष दिनानाथ आचार्यले खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई नाफामुलक संस्थाको रुपमा नभई सेवामुलक संस्थाको रुपमा सरकारले हेर्नु पर्ने जिकिर गर्दै सेवामुलक संस्थाको हैसियतले संस्थाबाट सेवा प्रवाह गर्ने प्रयोजनका लागि आर्जित रकमलाई नाफाको रुपमा मुल्यांकन गर्न नहुने समेत आचार्यले बताउनु भयो। खानेपानी संस्थाहरुले गरेको नाफाको २५ प्रतिशत कर तिर्नु पर्ने राज्यको गलत नीतिको बिरुद्ध महासंघ निरन्तर संघर्षमा रहेको समेत महासंघका अध्यक्ष आचार्यले बताउनु भयो।

    कार्यक्रममा समयमाई सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष प्रेम बहादुर थापाले समेत संस्थाले संचालन गरेका गतिविधि र कार्यक्रमहरुबारे चर्चा गर्दै उपभोक्तामैत्री भएर कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढाउन आग्रह गर्नु भएको थियो।
    कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष नेत्र बहादुर श्रीसले दानापुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको संस्थागत बिकास र कार्यलय परिसरमा छेकवार तथा सौन्दर्यकारण्का लागि लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकाल समक्ष योजना माग पत्र प्रस्तुत गर्नु भएको थियो।

    यस्तै कोषाध्यक्षको तर्फबाट सचिव राजेन्द्रप्रसाद घर्तीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा संस्थाका सदस्य ममता श्रीसले स्वागत गर्नु भएको थियो। संस्थाका अध्यक्ष नेत्र बहादुर श्रीसको अध्यक्षता तथा सचिव राजेन्द्र प्रसाद घर्तिको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology