Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

१२ गते पानी पर्दापर्दै म अमेरिकाबाट हिँडेको हुँ : प्रधानमन्त्री

१२ गते पानी पर्दापर्दै म अमेरिकाबाट हिँडेको हुँ : प्रधानमन्त्री

  • 1.3K
    SHARES

  • १२ गते पानी पर्दापर्दै म अमेरिकाबाट हिँडेको हुँ : प्रधानमन्त्री

    काठमाडौँ,असोज १५ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो गयो भन्नेबित्तिकै आफू अमेरिकाबाट हिँडेको बताएका छन् । मौसम पुर्वमानुमान महाशाखाले असोज ७ गते नै विपद् आउन सक्छ भनेर सूचना दिएपछि सरकारले पूर्वतयारीका काम गरेको तर यति ठुलो विपत्ति आउला भनेर आफूले समेत कल्पना नगरेको बताए । 

    ‘११ र १२ गते पानी पर्‍यो, १२ गते बिहानै म अमेरिकाबाट हिँडेको छु भने म यहाँ भइन भन्ने कुरा पनि उठाए । संयुक्त राष्ट्र संघमा जाँदा पहिला नै यस्तो क्षतिको अनुमानअघि नै म जाने कुरा भएको हो’, प्रधानमन्त्रीले भने, ‘१२ गते हिँडेको छु । एक दिन ग्याप हुन्छ १४ गते आइपुगेँ ।’

    उनले केही कमीकमजोरी भएपनि त्यसलाई सच्चाउँदै अघि बढ्नुपर्ने र उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धन्यवाद दिनुपर्ने बताए ।प्रधानमन्त्रीले आफू उहाँ रहँदा पनि गृहमन्त्री लगायत राज्यका निकायसँग समन्वय गरिरहेको र उद्दारका लागि निर्देशन दिएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आश्विन १५ २०८१०५:४१:१७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology