Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

मोदी-ओली भेटवार्ता,मोदीले भने– सम्बन्धलाई अझ गति दिन चाहन्छौँ

मोदी-ओली भेटवार्ता,मोदीले भने– सम्बन्धलाई अझ गति दिन चाहन्छौँ

  • 888
    SHARES

  • मोदी-ओली भेटवार्ता,मोदीले भने– सम्बन्धलाई अझ गति दिन चाहन्छौँ

    बुटवल,असोज ७।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता निकै राम्रो भएको बताएका छन् । ओलीसँगको भेटवार्ता सकिएपछि मोदीले सामाजिक सञ्जाल एक्समार्फत यस्तो बताएका हुन् ।

    “प्रधानमन्त्री केपी ओलीसँग न्युयोर्कमा भएको भेटघाट निकै राम्रो रह्यो । भारत–नेपाल मित्रता अत्यन्तै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ,” मोदीले भनेका छन् ।

    संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको ‘साइडलाइन’मा अमेरिकाको न्युयोर्कमा ओली र मोदीबीच आज भेटवार्ता भएको थियो । “हाम्रो छलफल ऊर्जा, प्रविधि र व्यापारजस्ता विषयहरूमा केन्द्रित रह्यो,” मोदीले भनेका छन् ।

    भेटवार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । छिट्टै आफू नेपालको भ्रमणमा आउने मोदीले बताएको परराष्ट्रमन्त्री आरजु राणाले जानकारी गराएकी छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology