Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

एमालेसँग मिलेर सरकार बनाउनु आफैमा ठूलो जोखिम : मन्त्री बद्री पाण्डे

एमालेसँग मिलेर सरकार बनाउनु आफैमा ठूलो जोखिम : मन्त्री बद्री पाण्डे

  • 1.0K
    SHARES

  • एमालेसँग मिलेर सरकार बनाउनु आफैमा ठूलो जोखिम : मन्त्री बद्री पाण्डे

    भैरहवा,भदौ १६ ।

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाली काँग्रेसले ठूलो जोखिम मोलेको दावी गरेका छन् । उनले एमालेसँग मिलेर सरकार बनाउनु भनेको आफैमा ठूलो जोखिम भएको बताए ।

    नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले भने, ‘एमालेसँग मिल्नु पनि छ, सरकार चलाउनु पनि छ, २०८४ सम्म टिकाउनु पनि छ । ८४ मा उसैसँग प्रतिष्पर्धा पनि गर्नुछ । उसैसँग प्रतिष्पर्धा गर्नका लागि काँग्रेस एकताबद्ध भएर राम्रो गर्नुपर्छ । मेयरसाबले राम्रो गर्नुपर्छ । म मन्त्रीले राम्रो गनुपर्छ । वडा सदस्य, वडाअध्यक्ष र अरु मन्त्रीहरुले राम्रो गर्नुपर्छ । हाम्रा पार्टीका सार्थीहरुले राम्रो गर्नुपर्छ । ’

    काँग्रेसका सह–महामन्त्री समेत रहेका पाण्डेले २०८४ मा एमालेसँगको प्रतिष्पर्धा कसले राम्रो गर्यो भन्ने सन्दर्भमा काँग्रेसले राम्रो गरेको हो भन्ने कुरा देखाउने गरी बेलामा काम गर्नुपर्ने बताए । त्यो दिशामा पार्टीका निकाय र जनप्रतिनिधि केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए ।

    उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान मात्र नभइ अब आन्तरिक उडानहरु प्नि थप्नुपर्ने बताए । ‘काठमाडौंको विमानस्थल जसरी चलायमान छ । यति धेरै लगानी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छ । यसलाई किन चलायमान नगर्ने, ’उनले भने । विश्वका विभिन्न मुलुकका बौद्ध धर्मावलम्बीहरु बुद्ध जन्मस्थल लुम्बिनी आउन खोजेको र सिधै भैरहवा विमानस्थलमा उनीहरुलाई अवतरण गराउन सकियो उनीहरुका लागि पुण्य प्राप्ती जस्तो हुने बताए । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउनका लागि सरकारले सहुलियत दिने निर्णय गरेको उनको भनाइ छ ।

    त्यस्तै काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङले स्थलमार्ग हुँदै धेरै पर्यटक भित्रिने बेलहिया नाकालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा आफूहरु निराश भएको बताए । उनले भने, ‘यो विमानस्थलसँग हाम्रो मन जोडिएको छ । विमानस्थललाई सञ्चालन गर्नेपर्छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology