Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भरतपुरको घुमाउनेमा बस दुर्घटना,घाइते १७ जनाको परिचय खुल्यो (नामावलीसहित )

भरतपुरको घुमाउनेमा बस दुर्घटना,घाइते १७ जनाको परिचय खुल्यो (नामावलीसहित )

  • 1.2K
    SHARES

  • भरतपुरको घुमाउनेमा बस दुर्घटना,घाइते १७ जनाको परिचय खुल्यो (नामावलीसहित )

    चितवन,भदौ ९ ।

    नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको घुमाउनेमा आज (आइतबार) बिहान बस दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ।

    महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस बिहान ७:१५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९, घुमाउनेमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन्।तीमध्ये ५ घाइतेको अवस्था मध्यम छ भने बाँकी १२ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।

    उनका अनुसार घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१० बस्ने वर्ष ४० की तारा भट्ट (सामान्य), कैलाली चिसापानी नगरपालिका-३ बस्ने वर्ष २३ की हरिकला थापा (सामान्य), कैलाली चिसापानी नगरपालिका ३ बस्ने वर्ष १९ का कैलाश विक। (सामान्य), कैलाली चिसापानी नगरपालिका ३ बस्ने वर्ष २७ की कृष्णा विक (सामान्य), कैलाली चिसापानी नगरपालिका ३ बस्ने वर्ष ३५ की जयन्ती विक (मध्यम), कञ्चनपुर भीमदत्त नगरपालिका-८ बस्ने वर्ष ३७ का दिलबहादुर सुनार (सामान्य) तथा कञ्चनपुर नगरपालिका-३ बस्ने वर्ष २३ का समिदेवल राना (मध्यम) छन्।

    अन्य घाइतेमा कैलालीको गोदावरी नगरपालिका-१२ बस्ने वर्ष ३७ का शेरबहादुर विष्ट (सामान्य), बझाङ बित्थडचिर गाउँपालिका-४ बस्ने वर्ष २२ का वसन्त बोहोरा (मध्यम), कञ्चनपुर भीमदत्त नगरपालिका-७ बस्ने वर्ष ३४ का धरम खड्का (सामान्य), कञ्चनपुर भीमदत्त नगरपालिका-१० बस्ने वर्ष २० का दीपेश भट्ट (सामान्य) छन्।

    यसैगरी दार्चुलाको महाकाली नगरपालिका-६ बस्ने वर्ष २३ का लक्ष्मण बम (मध्यम), कञ्चनपुर भीमदत्त नगरपालिका-९ बस्ने वर्ष २५ का भीमसेन सार्की (सामान्य), बैतदी दशरतचन्द नगरपालिका-२ बस्ने वर्ष ३७ का जनक बिजाली (सामान्य), कञ्चनपुर भीमदत्त नगरपालिका- ४ बस्ने वर्ष २३ का विनोद सार्की (सामान्य), डडेलधुरा गन्यापधुरा गाउँपलिका-३ बस्ने वर्ष ३३ का देव बहादुर भुल (सामान्य) र चितवन भरतपुर-५ बस्ने वर्ष २५ का विपिन न्यौपाने (मध्यम) घाइते भएको डीएसपी रिजालले जानकारी दिए।

    घाइते सबै नयाँ मेडिकल कलेज भरतपुरमा उपचारत छन्। बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिएर दुर्घटना भएको डीएसपी रिजालले जानकारी दिए। उनका अनुसार सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology