Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उज्यालाे बुटवल : २३ वटा हाइमास्ट लाइट जडान,२ करोड ७ लाख लगानी

उज्यालाे बुटवल : २३ वटा हाइमास्ट लाइट जडान,२ करोड ७ लाख लगानी

  • 3.4K
    SHARES

  • उज्यालाे बुटवल :  २३ वटा हाइमास्ट लाइट जडान,२ करोड ७ लाख लगानी

    बुटवल,साउन १६ ।

    बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान भएका छन् । बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका हुन् । उनका अनुसार टेण्डरमार्फत २ करोड ७ लाख ९३ हजार ७ सय ३५ रुपैयांमा नेपाल पावर सोलुसन प्रालि हेटौडासंग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भइ फागुन २ गते शिलान्यास भएको थियो ।

    हाइमास्ट लाइटको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नयाँ बसपार्कमा रहेको हाइमास्ट लाइटको स्विच अन गरेर उद्घाटन गरे ।लाइटको उद्घाटन गर्दै पाण्डेयले बुटवललाई उज्यालो शहरका रुपमा विकसित गर्दै रात्रीकालीन बजार सञ्चालन गर्ने योजनाले मूर्त रुप लिदै गरेको बताए ।high mast light.jpg

    उनले बुटवलका मुख्य सडक, चोक, चौराहा र सार्वजनिक स्थलहरुमा रातिमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका लाइटहरु जडान गरेको बताए ।उनले हाइमास्ट लाइट जडान गर्न बाँकी रहेका स्थानहरुमा चालु आर्थिक वर्षमा जडान गर्ने गरी बजेटको व्यवस्था गरेको बताए ।

    पाण्डेयका अनुसार बुटवललाई उज्यालो शहर, हरियालीयुक्त शहर, सफा शहरका रुपमा स्थापित गर्नका लागि काम भइरहेको छ । मुख्य सडकका डिभाइडर र दायाँबायाँ बिरुवा रोप्ने, अन्य क्षेत्रहरुमा हरियाली बनाउने र सरसफाइ अभियान सञ्चालन भइरहेका उनले बताए ।high mast light butwal.jpg

    बुटवलका योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान भएका छन् ।

    त्यस्तै वीपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान भएका छन् । यस्तै गरी नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान भएको बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए ।IMG_3006.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology