Logo बिहिवार, आश्विन १ गते २०८३
images

मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीद्वारा प्रदेश संयोजक खड्कालाई सम्मान

मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीद्वारा प्रदेश संयोजक खड्कालाई सम्मान

  • 4.4K
    SHARES

  • मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीद्वारा प्रदेश संयोजक खड्कालाई सम्मान

    बुटवल,पुस २२ -  

    मेचिमहाकाली वुहारी सयुक्त आवाज रुपन्देहीले लता खड्कालाइ सम्मान तथा बधाई व्यक्त गरेको छ ।  खड्कालाई लुम्विनी प्रदेशको थप जिम्मेवारी प्रदान गरिएको उपलक्ष्यमा सफल कार्यकालको शुभकामना सहित सम्मान कार्यक्रम राखिएको रुपन्देही संयोजक धनु श्रेष्ठले जानकारी दिइन् ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश संयोजक खड्काले महिला तथा बालबालिका र  लैङ्गीक हिंसा विरुद्ध निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

    मेचिमहाकाली वुहारि सयुक्त आवाज रुपन्देही सधै पीडितको पक्षमा उभिने बिश्वास गरिन । कार्यक्रममा आगामी  दिनमा रुपन्देही शाखालाइ उत्कृष्ट शाखा वनाउन  पदाधिकारि र सदस्यहरुको भुमिका रणनितिका विषयमा छलफल भएको सस्थाले जनाएको छ ।

    कार्यक्रममा उपस्थित सम्पुर्णलाइ मायाको चिनो प्रदान गर्दै रुपन्देही जिल्ला संयोजक धनु श्रेष्ठले प्रदेश र जिल्ला जहाँ रहेर पनि एउटै उद्देश्यका साथ काम गर्ने हुदा सबैको सहकार्य र सहयोग बाट मात्रै सस्था सफल हुन सक्ने  बताइन ।

    मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीका संयोजक धनु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाका उपाध्यक्ष बिन्दु थापा केसी, कोषाध्यक्ष सरला नेपाल ,सदस्यहरु नितु श्रेष्ठ ,इश्वरी पन्थ बस्याल ,शारदा भण्डारी , गीता खनाल , पुस्पा भुसाल लगायतको सहभागीता रहेको थियोे ।

    लैङ्गिक हिंसा बिरूद्ध १६ दिने अभियान : ‘पीडकलाई कानुनी प्रमाणका आधारमा कानुनी दायरामा ल्याउनैपर्छ’

    मेचीमहाकाली बुहारी संयुक्त आवाजद्वारा बुटवलमा दीप प्रज्वलन,प्रदेश संयोजकमा पुन: खड्का

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology