Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

परराष्ट्र मन्त्रालयले भन्यो– बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित छन्

परराष्ट्र मन्त्रालयले भन्यो– बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित छन्

  • 966
    SHARES

  • परराष्ट्र मन्त्रालयले भन्यो– बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित छन्

    काठमाडौँ,साउन ५ ।

    नेपाल सरकारले बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उनीहरूको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको जनाएको हो । 

    ‘बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ,‘हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।’

    यस्तै मन्त्रालयले कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवं आफन्तहरूले ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।  बंगलादेशमा कोटा विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । बंगलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा समेत बन्द गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology