Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उपमहानगर : एक वर्षमा चालीस किलोमिटर सडक कालोपत्रे

बुटवल उपमहानगर : एक वर्षमा चालीस किलोमिटर सडक कालोपत्रे

  • 2.0K
    SHARES

  • बुटवल उपमहानगर : एक वर्षमा चालीस किलोमिटर सडक कालोपत्रे

    राम प्रसाद भण्डारी /बुटवल,जेठ २८ ।

    बुटवल उपमहानगरपालिकाले नगरभित्रका सडकलाइ कालाेपत्रे गर्ने कामलाइ तीब्रता दिएको छ ।यहाँ एक वर्षमा चालीस किलोमिटर सडक कालोपत्रे (२० फुटे) सडक कालोपत्रे भएको हाे।

    उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ४० किलोमिटर भित्रि सडक कालोपत्रे गरेको हो ।  पूर्वाधार विकास शाखाका अधिकृत रुक्मागत बस्यालका अनुसार आर्थिक वर्ष २०७९/८० मा उपमहानगरपालिकाले २९.९ किलोमिटर भित्रि नयाँ सडक कालोपत्रे, ९.४४ किलोमिटर सडक मर्मत र १.५४ किलोमिटर सडकमा टयल लगाएको बताए । 

    ‘बुटवल उपमहानगरले गत आर्थिक वर्षमा २९.९ किलोमिटर भित्रि सडक कालोपत्रे भएको थियो । साथै ९.५५ किलोमिटर पहिला कालोपत्रे गरेर विग्रिएको सडकलाई मर्मत भएको थियो ।’– ।  पूर्वाधार विकास शाखाका अधिकृत बस्यालले भने ‘ गत आर्थिक वर्षमा उपमहानगरपालिकाले १.५४ किलोमिटर सडकमा ट्याल लगाएको थियो ।’ यस्तै उपमहानगरपालिकाले ९.४४ किलोमिटर भित्रि सडक ग्रावेल गरेको पूर्वाधार विकास शाखाका अधिकृत बस्यालले बताए । 

    यस आर्थिक वर्षमा पनि उपमहानगरपालिकाले गत आर्थिक वर्षमा भन्दा धेरै सडक कालोपत्रे गर्ने गरि काम गरिरहेको बताए । साथै गत आर्थिक वर्षमा ग्राबेल गरिएको केही सडकको कालोपत्रे सकिसकिएको र बाँकी रहेको ग्राबेल सडकको कालोपत्रेको काम पनि यहि आर्थिक वर्ष भित्रै सक्ने गरि काम भइरहेको बताए ।  भित्रि सडकको निर्माणका लागि उपभोक्ता समितिसँग उपमहानगरपालिकाले सम्झौता गरिसकेको उनले बताए । 

    ‘यस आर्थिक वर्षका लागि पनि ४० किलोमिटर भन्दा धेरै भित्रि सडक निर्माणका लागि उपभोक्ता समितिसँग उपमहानगरले सम्झौता पनि गरिसकेको छ । सम्झौता भएका मध्य केही उपभोक्ता समितिहरुले काम सम्पन्न गरिसकेका पनि छन् ।’–उनले भने ।

    साथै यस आर्थिक वर्षमा अहिलेसम्म सम्पन्न भएका कामको विवरण र उपभोक्ता समितिसँग सम्झौता भएको विवरण वडाले नपठाएकाले यकिन तथ्याङ्क नरहेको बताए । ‘कुन वडामा कति सम्झौता भयो र कति काम सम्पन्न भयो भनेर सम्बन्धीत वडा विवरण पठाएका छैन् । यो आर्थिक वर्ष सकिए पछि मात्रै वडाले विवरण पठाउँछन् । अनि मात्रै यो आर्थिक वर्षको यकिन तथ्याङ्क आउँछ ।’–उनले भने । 

    बुटवल उपमहानगरपालिका भित्रि २० फुटे सडकसँगै यहाँका वाइपास सडकहरु निर्माण भएका छन् । जसका कारणले बुटवललाई केही मात्रामा भए पनि आकर्षक बनाएको छ ।  कालिकापथ सडक निर्माण सम्पन्न भएपछि यसले बुटवल सहरको स्वरुप नै परिर्वतन गरेको छ । साथै यो सडक सम्पन्न भएपछि मुख्य राजमार्गमा सवारीको चाप समेत केही कम भएको छ । यस्तै बुटवलको देविनगर–देवसिद्धीचोक, सुख्खानगर, जेसिजचोक, अमर पथ लगायतका वाइपास सडकको निर्माण सम्पन्न भइसकेका छन् । 

    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डयले स्थानीयहरु र सम्बन्धीत निकायसँग आवश्यक समन्वय र छलफल गरी विवाद मिलाए पछि अहिले यो सडक निर्माणको कामले गति लिएको छ । यो सडकको निर्माण सम्पन्न भए पश्चात बुटवललाई यसले थप आकर्षक बनाउने छ । बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले उपमहानगरपालिका आफैले आफ्नै स्रोतबाट गर्ने विकास निर्माणका कामहरुलाई तीव्रता दिएको बताउँछन् ।modi.jpg

    ‘बुटवल उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट गर्ने सडक निर्माणदेखि सबै प्रकारका विकास निर्माणका काममा हामीले तीव्रता दिएका छौँ ।’–प्रमुख पाण्डेयले भने ।

    यस्तै मिलनचोक, देविनगर, बुद्धनगर हुँदै झोलुङ्गे पुलसम्म जाने वाइपास सडक निर्माण भएपछि तिनाउ पुलको सवारी चाप कम भएको छ । यद्यपी बुद्धनगरमा स्थानीयहरुको विवादका कारण केही ठाउँमा सडक निर्माण रोकिएको छ । विवादका कारण रोकिएको सडकको निर्माण स्थानीयहरुलाई मिलाएर सम्पन्न गर्ने तयारी भइरहेको छ । 

    साथै देविनगर हुँदै रङ्गशाला जाने सडक पनि निर्माणधिन अवस्थामा रहेको छ । यो सडक पनि लामो सयमसम्म स्थानीयहरुको विवादका कारण , सडक डिभिजन कार्यालय, प्रदेश सरकारविच आवश्यक समन्वयमा समस्या हुँदा लामो समयसम्म अलपत्र परेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology