Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी र कर्णाली प्रदेश प्रमुखबिच शिष्टाचार भेट

लुम्बिनी र कर्णाली प्रदेश प्रमुखबिच शिष्टाचार भेट

  • 2.7K
    SHARES

  • लुम्बिनी र कर्णाली प्रदेश प्रमुखबिच शिष्टाचार भेट

    बुटवल,जेठ २७ ।

    लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबिच शनिबार वीरेन्द्रनगर सुर्खेतमा शिष्टाचार भेटघाट भएको छ । दुई प्रदेशबिच थप सम्बन्ध बिस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न भेटघाटले बल पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

    सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको विकासको लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । प्रदेशको स्थायित्व र समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

    उक्त अवसरमा बोल्दै कर्णाली प्रदेश प्रमुख परियारले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समृद्धिका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिए।शिष्टाचार भेटघाटमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई आफूले लेखेको पुस्तक हस्तान्तरण गरेका छन् लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश प्रमुख परियारलाई मायाको चिनो हस्तान्तरण गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology