Logo बिहिवार, आश्विन १ गते २०८३
images

सहकारी ठगलाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

सहकारी ठगलाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

  • 1.0K
    SHARES

  • सहकारी ठगलाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

    काठमाडौं,जेठ ६  ।

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ ।नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

    उनीहरूले ‘ सहकारी ठगलाई कारबाही गर,  रवि लामिछाने होइन ठगी लामिछाने,  अदालतले भन्यो- गिरीबन्धुमा नीतिगत भ्रष्टाचार,  सहकारी ठगलाई नाकको डाँडी भाँचिने गरी कहिले हान्‍ने ?, गजब छ बा !,  बा गिरीबन्धुमा भ्रष्टाचारी, छोरा सहकारी ठग ‘ लगायतका ब्यानर बोकेर  प्रदर्शन गरेका हुन् ।nsu a.jpg

    गृहमन्त्री रवि लामिछानेले आफूलाई संसद्‌मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् । यसअघि नेविसंघले संसद् भवनअगाडि पनि सहकारी ठगलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको थियो ।NSU-Protest-from-maitighar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology