Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा 

बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा 

  • 1.6K
    SHARES

  • बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा 

    बुटवल,जेठ ४ ।

    बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ।

    शुक्रबार एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त पत्रअनुसार नगर प्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरेका थिए। उनले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक काम भइरहेको बताए।

    यसअघि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले बुटवलले सबै सूचकहरु पूरा गरेर पूर्ण खोप सुनिश्चित भएको बताउँदै बुटवललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए। उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले समयमै सबै सूचकहरु पूरा गरेको र आगामी दिनमा पनि खोपको सुनिश्चित गर्ने बताइन्।

    पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए।  

    स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाएरनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ। सबै सर्तहरू पूरा गरी बुटवललाई पूर्ण खोप सुनिश्चितता उपमहानगरपालिका घोषणा गरिएको हो।nagar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology