बुटवल,बैसाख ३० ।
बहुप्रतिभाशाली गायक/मोडल अर्जुन सापकोटाले चर्चा बटुलिरहेका छन् । पछिल्लो पुस्तामा चलेको गायकको रूपमा पहिचान बनाएका अर्जुनले शनिबार बिहानै नयाँ गीत सार्वजनिक गरेका छन्। ‘बस्यौ अलक्कै’ मा अर्जुनसँगै गायिका शान्तिश्री परियारको स्वर छ।
भिडिओमा अर्जुन र मोडल गरिमा शर्माले अभिनय गरेका छन्। यी दुईको यो पहिलो सहकार्य हो। अर्जुनकै संगीत रहेको गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। एचबिएन किस्मतले यसको एरेन्ज गरेका हुन्।
युवकको एकोहोरो प्रेमको कथा गीतमा देखाइएको छ। विशाल घिमिरेको कथा एवं निर्देशनमा भिडिओ तयार भएको हो। भिडिओमा बिराज बास्कोटा, बादल घिमिरे, सुवास खत्री, आकाश नेपाली, शिवु पाण्डे, बाल कलाकार सायम केसी र आरूष केसी पनि देखिएका छन्।
बुद्द थापाको छायांकन रहेको भिडिओलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।गायक अर्जुनले आफ्नै युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरेका हुन्। यसअघि उनका ‘बनकी चरी’, ‘पछयौरी लिस्यो’, ‘दुई दुना चार’, ‘ए ठुली’, ‘डाँडैको टुनी’, ‘पानी परेको’ लगायतका गीत हिट छन्।
ब्यस्तताले उनी अहिले मेला महोत्वमा पनि समय दिन सकिरहेका छैनन् ।‘दर्शकको मायाले म खुशी छु,एकदिनमा ९१ हजार भ्यू गएको छ ।’ उनले नागरिक अनलाइनसंग भने ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)