Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालले दिए राजीनामा 

राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालले दिए राजीनामा 

  • 1.2K
    SHARES

  • राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालले दिए राजीनामा 

    काठमाडौँ,वैशाख ३० ।

    एक सयको नेपाली नोटमा नेपालको नक्सा छाप्ने सरकारको निर्णयप्रति असहमति जनाएर विवादमा आएपछि राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिकविज्ञ चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । 

    राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति जारी गरी नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गरेको जानकारी दिएकी छन् ।

    ‘राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नुभएको छ । साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology