Logo बिहिवार, आश्विन १ गते २०८३
images

यसैगरि अपराधीलाई लुकाउने प्रयास गरे प्रधानमन्त्रीमाथि नै छानबिन गरिनेछ : नैनसिंह महर

यसैगरि अपराधीलाई लुकाउने प्रयास गरे प्रधानमन्त्रीमाथि नै छानबिन गरिनेछ : नैनसिंह महर

  • 1.6K
    SHARES

  • यसैगरि अपराधीलाई लुकाउने प्रयास गरे प्रधानमन्त्रीमाथि नै छानबिन गरिनेछ  : नैनसिंह महर

    बुटवल,बैशाख २७ ।

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरले अपराधीलाई लुकाउने प्रयास जारी राखे प्रधानमन्त्रीमाथिनै छानबिन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।

    प्रेस युनियन रुपन्देहीद्वारा विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराधीलाई लुकाउने र चोख्याउने प्रयास गर्दै आएको दाबी गर्दै त्यस्तो कार्य जारी राखे प्रधानमन्त्रीमाथी पनि छानबिन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका हुन् ।

    सरकार समग्र संबैधानिक निकायलाई कब्जामा लिएर आफू अनुकूल निर्णय गराउने दुस्प्रयास गरिरहेको भन्दै नेता महरले वर्तमान सरकारबाटै कानुनी शासनको उपहास गरिरहेको आरोप लगाए । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रबी लामिछानेमाथि छानविनको माग गर्दै महरले यस विषयमा सरकारले नजरअन्दाज गर्नु प्रधानमन्त्री प्रचण्डका लागि पनि घातक हुनसक्ने धारणा राखे ।nain sing mahar.jpg

    सत्तामा रहेका दलहरु सहकारीका ठगहरुलाई कारबाही गर्नभन्दा सत्ता बचाउतर्फ केन्द्रीत रहेको आरोप लगाउँदै उनले ‘सरकार रुल अफ ल’को विपक्षमा लागेकाले प्रधानमन्त्री प्रचण्डमाथि पनि छानविनको प्रक्रिया अघि बढ्न सक्ने बताए । यसैगरी संसद सुचारू गर्ने विषयमा काँग्रेस लचकता अपनाउन तयार भएपनि रबी लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने अडान कायम रहेको बताए ।

    गठबन्धन बिना पनि पार्टीलाई अघि बढाउन सकिने दाबी गरे । काँग्रेसले अब प्रतिपक्षमै बसेर पार्टी जीवनलाई सुधार गर्नुपर्ने पक्षमा आफू रहेको उल्लेख गरे । प्रेस युनियन रूपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology