Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘प्रेस स्वतन्त्रता बिना लोकतन्त्र बलियो हुँदैन’

‘प्रेस स्वतन्त्रता बिना लोकतन्त्र बलियो हुँदैन’

  • 1.8K
    SHARES

  • ‘प्रेस स्वतन्त्रता बिना लोकतन्त्र बलियो हुँदैन’

    बुटवल,बैसाख २१ ।

    प्रेस स्वतन्त्रता बिना लोकतन्त्र बलियो बन्न नसक्ने एक कार्यक्रम सहभागीले औँल्याएका छन् ।उनीहरूले प्रेस स्वतन्त्रताका लागि राज्यले प्रेस मैत्री कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।

    मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार बुटवलमा गरेको अन्तरसंवाद कार्यक्रममा बोल्ने बक्ताहरूले आम नागरिककका लागि प्रेस स्वतन्त्रता जरुरी रहने उल्लेख गरे ।

    कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सदस्य डिपि खनालले पत्रकारलाई सत्य तथ्यमा रहेर सुरक्षित काम गर्ने वातावरण तयार गर्नुपर्ने बताए । खनालले शुक्रबार देशैभर विभिन्न कार्यक्रम गरेर समाजले दिवस मनाएको बताए ।santi.jpg

    सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले समाजले प्रेस स्वतन्त्रता दिवसका अवसरमा कार्यक्रम गरेकोमा धन्यवाद दिए ।

    ढकालले पत्रकारलाई कुनैपनि बाहानामा दबाब दिन नहुने र सुरक्षाको अनुभूति हुने गरि राज्यले वातावरण बनाउनुपर्ने बताए ।bis.jpeg

    नेपाल प्रेस युनियन रूपन्देही अध्यक्ष कविन्द्र नेपालले प्रेस स्वतन्त्रता पत्रकारको मात्रै बिषय नभएको बताए ।समाजका रूपन्देही उपसभापति कपिल ज्ञवालीले स्वतन्त्र प्रेस बिनम समाज सहि दिशामा अघि बढ्न नसक्ने र लोकतन्त्र बलियो नहुनेमा जोड दिए ।santi samaj.jpgकार्यक्रममा समाजका युवा संयोजक महेश शर्मा पौडेलले पत्रकारहरूले सहि सुचना दिनुपर्ने धारणा राखे ।कार्यक्रममा समाजका पदाधिकारी , पत्रकार सम्वद्ध संघ संगठन,  सामाजिक संघसंस्थाका अभियान्ताहरूको सहभागीता रहेको थियो ।

    सो कार्यक्रम समाजका रूपन्देही शाखा उपसभापति ज्ञवालीको अध्यक्षता,कोषाध्यक्ष लिलाधर लुइँटेलको स्वागत एवं एवं शाखा सचिव कृष्ण पाण्डेको संचालनमा भएको थियो ।

    स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

    जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।samaj.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology