Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

सिद्धबाबाधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन बृहत गुरुयोजना जरूरी : सभामुख तुलाराम घर्ती मगर

सिद्धबाबाधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन बृहत गुरुयोजना जरूरी : सभामुख तुलाराम घर्ती मगर

  • 1.8K
    SHARES

  • सिद्धबाबाधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन बृहत गुरुयोजना जरूरी : सभामुख तुलाराम घर्ती मगर

    बुटवल,बैसाख ११ ।

    लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सिद्धबाबा मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको बिकास गर्न गुरुयोजना आवश्यक रहेको बताउनु भएको छ ।

    उहाँले तिनाउ नदिमा जलासय निर्माण गरी जलासयमा आरतीको ब्यवस्था मिलाउन सकिने सम्भावना रहेको बताउनुभयो । " यहाँ धार्मिक पर्यटक भित्र्याउन सकिने आधार तयार भएको छ । " सिद्धबाबा मन्दिर बिकास समितीको आयोजनामा आज सामुहिक चौरासी पुजा महोत्सवको शुभारम्भ गर्नु हुँदै उहाँले भन्नू भयो - सिद्धबाबा धाम क्षेत्रको बिकासले पाल्पाको मात्र होइन । सिङ्गो प्रदेशकै बिकासमा टेवा पुर्याउने छ ।"

    उहाँले नजिकैको रामापिथेकस, तिनाउ ड्याम झरना , तिनाउ नदि किनारमा टे्किङ रुट जोडेर बृहत गुरुयोजना बनाउन आवश्यक रहेको बताउनुभयो ।sid.jpg समितीले मन्दिर परिसरमा शिशु स्तनपान कक्षा संचालन गरेको छ । त्यसै गरि कालीगण्डकीबाट ल्याइएको सालिग्राम दर्शनको लागि ब्यवस्था गरिएको समितीका अध्यक्ष सन्तोष लाल शेरचनले जानकारी दिनुभयो ।

    सन्तानेश्व धामका संरक्षक एव धर्म गुरु किशोर गौतमले कालीगण्डकीको शालिग्राम सिद्धबाबा मन्दिर प्राण प्रतिस्ठा गर्नुभयो । उहाँले चिल्ड्रेन पार्क, सिद्ध गुफामा जाने सिढि निर्माण , भक्तजन आश्रम स्थल आदि गुरुयोजना बनाएर काम गर्ने बताउनुभयो ।

    तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सिद्धबाबा पाल्पाको हरि गुरुद्वार नै रहेको बताउनुभयो । समितीका सदस्य एवं चौरासी पुजा कार्यक्रम संयोजक गोपाल बस्यालले समितिले नै खर्च गरि चौरासीपुजा गरिएको जानकारी दिनुभयो ।

    आर्थिक अभावमा उमेर पुगेका कोहि पनि चौरासी पुजा गर्नबाट बन्चित हुन नपरोस् भनेर सामुहिक चौरासी पुजालाई निरन्तरता दिने योजना रहेको धामका प्रमुख पन्डित लक्ष्मी सापकोटाले जानकारी दिनुभयो ।

    यसै बिच सिद्धबाबा धामको गुरुयोजना तयार गर्नको लागि सरोकार वाला संग छलफल गरिएको अध्यक्ष सन्ताेष शेरचनले बताए । भेटी दानबाट बार्शिक १ करोड भन्दा बढी आम्दानी हुने समितीले जनाएको छ । इन्जिनियर बिनोद खड्काले गुरुयोजना बनाएर काम गर्दा ब्यवस्थित हुने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology