Logo बिहिवार, आश्विन १ गते २०८३
images

१५ बैशाखमा पत्रकार महासंघ रुपन्देहीको अधिवेशन

१५ बैशाखमा पत्रकार महासंघ रुपन्देहीको अधिवेशन

  • 2.9K
    SHARES

  • १५  बैशाखमा पत्रकार महासंघ रुपन्देहीको अधिवेशन

    बुटवल,बैसाख ६ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन बैशाख १५ गते हुने भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको विहिबार बुटवलमा बसेको कार्यसमिति बैठकले महासंघको केन्द्रीय सर्कुलर अनुसार बैशाख १५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

    जिल्ला शाखाका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता महासंघका  केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालको बिशेष उपस्थितीमा बैठक बसेको हो ।

    बैठकमा महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकारहरु डा. बालकृष्ण चापागाई, हरी लम्साल, शेरबहादुर केसी, सल्लाहकार माधव ढुंगाना, इन्दिरा अर्यालको उपस्थिती रहेको थियो । बैठकले अधिवेशनका अवसरमा पत्रकारिता पुरस्कार वितरण गर्ने, महासंघका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानीलाई सम्मान गर्ने निर्णय गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology