Logo मंगलवार, श्रावण १२ गते २०८३
images

धादिङको नीलकण्ठ नगरपालिका– ५ खाल्टेमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका– ५ खाल्टेमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

  • 3.0K
    SHARES

  • धादिङको नीलकण्ठ नगरपालिका– ५ खाल्टेमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

    धादिङ, वैशाख २।

    धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका– ५ स्थित खाल्टेमा ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ।खाल्टेको पतेनीबाट पतेनीबेसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पाल्पाली टोलमा दुर्घटना हुँदा खाल्टे पाल्पाली टोलका १० वर्षीय बालक सन्तोष रम्तेलको घटनास्थलमै मृत्यु भएको हो। 

    दुर्घटनामा घाइते सोही स्थानका ३७ वर्षीय गोपी भन्ने रामबहादुर रम्तेलको उपचारका क्रममा धादिङ अस्पतालमा मृत्यु भएको हो।दुर्घटनामा घाइते हुनेमा नीलकण्ठ नगरपालिका ५ खाल्टे पाल्पाली टोलका ३१ वर्षीय हिरा रम्तेल, ११ वर्षीय विमल मजकोटी, १२ वर्षीय प्रितम रम्तेल, सुजन रम्तेल, ४० वर्षीय विष्णु रम्तेल र १७ वर्षीय सुजित मजकोटी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो। 

    दुर्घटनाका गम्भीर घाइते भएका छ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा पठाइएको छ।दुर्घटनामा एकै परिवारका पाँच जना परेका छन्।

    दुर्घटना भए लगत्तै प्रहरी र स्थानीयले घटनास्थल पुगेर घाइतेको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल ल्याएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology