बुटवल,वैशाख १ ।
बुद्ध सामुदायिक टेलिभिजनको कार्यकारी निर्देशकमा कपिल ज्ञवाली नियुक्त हुनुभएको छ । टेलिभिजनको समाचार प्रमुख रहनुभएका ज्ञवालीलाई कार्यकारी प्रमुखमा नियुक्त गरिएको टेलिभिजन सञ्चालक समितिका अध्यक्ष ओम ज्ञवालीले जानकारी दिनुभयो ।
साेही टेलिभिजनमा बिगत ९ बर्षदेखि समाचार प्रमुख रहेका ज्ञवालीलाई कार्यकारी प्रमुखमा नियुक्त गरिएको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।
नवनियुक्त ज्ञवालीलाई शुभकामना ब्यक्त गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्दै टेलिभिजनलाई गतिशिल बनाउँदै जनताको माँझमा टेलिभिजनलाई स्थापित गर्नको लागि निर्देशन दिनुभयो ।
नवनियुक्त कार्यकारी निर्देशक ज्ञवालीले १८ वर्षदेखि रुपन्देही जिल्लामा रहेर पत्रकारिता गर्दै आउनु भएको छ भने मिडिया टेक्नोलोजी र एमबिएसमा स्नातकोत्तर गर्नुभएको छ ।
नवनियक्त कार्यकारी निर्देशक ज्ञवालीले टेलिभिजनलाई समुदायको माँझमा स्थापित गर्दै अघि बढ्ने बताउनुभयो ।
बिस २०४४ साल चैत्र २२ गते सोमबार गुल्मीको रूरूक्षेत्र १ थोर्गामा जन्मनुभएका उहाँ हाल नागरिक अनलाइन डटकमको संस्थापक/सम्पादक तथा गोरखापत्र संस्थानको समाचारदाता समेत हुनुहुन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)