Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै पाल्पाका दुई स्थानमा कांग्रेसको विरोध प्रदर्शन

प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै पाल्पाका दुई स्थानमा कांग्रेसको विरोध प्रदर्शन

  • 4.0K
    SHARES

  • प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै पाल्पाका दुई स्थानमा कांग्रेसको विरोध प्रदर्शन

    बुटवल,पुस १३-

    संसद विघटनविरुद्ध कांग्रेसले पाल्पाको तानसेन र रामपुरमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध कांग्रेसले पाल्पाका दुई निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

    कांग्रेसको तानसेनमा भएको प्रदर्शन टुडिखेलबाट सुरु भएर भीमसेनटोल, नारायणटोल, असनटोल, शित्तलपाटी, टक्सार, सिल्खानटोल हुदै मखनटोल प्रशासन कार्यालय अगाडी कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

    तानसेनमा आयोजित कोणसभालाई जिल्ला सभापति बीरबहादुर रानाले सम्बोधन गर्दै विरोध प्रदर्शनमा सरकारको असंवैधानिक कदमविरुद्ध विरोध प्रदर्शन गरिएको बताए ।

    संविधान संरक्षण र लोकतन्त्रका लागि कांग्रेस सडकमा आउन बाध्य भएको उनले बताए । कोणसभालाई पार्टी सचिव झपेन्द्र गहिरे, अजयमान कर्माचार्य, क्षेत्रीय सभापति रामबहादुर कार्की, कृष्ण बस्याल, माधव नेपाल, रामचन्द्र पाण्डेय, महिला संघकी केन्द्रीय सदस्य रमा पन्त, तरुण दलका अध्यक्ष मेजर सिंह केसी, कानूनी सल्लाहकार लालकुमारी राना, महासमिति सदस्य यमलाल तिमिल्सेना, नेविसंघका कावा सभापति सुरेश बोहोरा लगायतले सरकारको गलत कदमको विरोधमा सडकमा उत्रिनु परेको बताए ।

    पाल्पाकै क्षेत्र नम्बर १ को रामपुर नहर कार्यालयबाट सुरु भएको विरोध र्याली बेझाड बजार चोकमा कोणसभामा परिणत भएको छ । कार्यक्रममा पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले असंवैधानिक र प्रतिगामी कदमका विरुद्धमा कांग्रेस सडकमा आउनु परेको बताए ।

    विरोधसभालाई कांग्रेस जिल्ला उपभापति देवराज ढकाल, महासमिति सदस्य रमण बहादुर थापा, महिला संघ क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधि विष्णुमाया ढकाल, नगरसभापति नेत्र प्रसाद भट्टराई लगायतले प्रतिगामी कदमका विरोधमा सडमा उत्रिनु परेको बताए ।

    नेपाली काँग्रेसद्वारा देशभर विरोध प्रदर्शन शुरु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology