Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उपमहानगरपालिकामा छाडा चौपाया ब्यवस्थापनलाई तिब्रता

बुटवल उपमहानगरपालिकामा छाडा चौपाया ब्यवस्थापनलाई तिब्रता

  • 1.1K
    SHARES

  • बुटवल उपमहानगरपालिकामा छाडा चौपाया ब्यवस्थापनलाई तिब्रता

    बुटवल,चैत्र १८ ।

    बुटवल उपमहानगरपालिकाले छाडा चौपाया ब्यवस्थापनलाई निरन्तरता दिएको छ । बुटवल ७ शिवनगर सामुदायिक बनमा रहेको गौशालामा सडकमा रहेका गाईगोरुको ब्यवस्थापन गर्न उपमहानगरपालिकाले गत सातादेखि सुरु गरेको  हो ।

    शनिबार बिहान ५ बजेदेखि चौराहा ,मिलनचोक, योगिकुटी , कालिकानगर , देवीनगरका सडकमा रहेका छाडा चौपायालाई गौशालामा लगिएको हो । स्थानीय , नेपाली सेना , नेपाल प्रहरी ,शसस्त्र प्रहरी , नगर प्रहरी , जनप्रतिनिधि, कर्मचारीको सहयोगमा सडकमा रहेका गाईगोरुलाई गौशालामा लगिएको हो ।

    छाडा चौपायाको ब्यवस्थापनलाई निरन्तरता दिर्ईएको र सबै नगरबासीको साथको आवश्यकता रहेको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । सडकमा रहेका गाईगोरुलाई गौशालमा ल्याउनको लागि सहयोग गर्नको लागि उहाँले आग्रह गर्नुभयो ।sadak ka gai bastu.jpg

    शुभकार्य वा कुनै अवसरमा गौशालामा आएर गाईगोरुलाई घास , पराल , दाना उपलब्ध गराए मनाउनको लागि पाण्डेयले आग्रह गर्नुभयो । गाईगोरुको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै उहाँले गाईगोरुको आहारको ब्यवस्थापन गर्नको लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

    होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले होटलमा रहेको साकाहारी खाना गौशालामा ल्याएर सहयोग गर्नको लागि आग्रह गर्नुभयो ।  शनिबार करिब २५० भन्दा बढि गाईगोरु गौशालामा ल्याईएको बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology