Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डेढ दशकपछि पुरा भयो स्वस्थकर मासु खाने बुटवलबासीको सपना

डेढ दशकपछि पुरा भयो स्वस्थकर मासु खाने बुटवलबासीको सपना

  • 2.6K
    SHARES

  • डेढ दशकपछि पुरा भयो स्वस्थकर मासु खाने बुटवलबासीको सपना

    बुटवल,चैत्र १४ ।

    बुटवल उपमहानगरपालिकाले गत जेठमा बुटवलका केही मात्रै मासु पसलको अनुगमन गरेर १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट ससेज जफत गरी नष्ट गर्यो । जेठ महिनाको १४ देखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा अनुगमन गर्दा यो परिमाणमा मासु नष्ट गर्नुपर्यो ।anugamann.jfif

    मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलबाट ४० हजार जरिवाना गराइएको अनुगमन तथा सरसफाइ शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए । बुटवलमा बधशाला संचालन भैसकेको अवस्थामा चैत्र १४ गते बुधबार बुटवलको पुरानो बसपार्क क्षेत्र ,नेपालगञ्ज रोड र इटाभट्टीका ११ वटा मासु पसलमा गरिएको अनुगमनका क्रममा पनि उस्तै दृश्य देखियो ।Masu Anugaman (1).jpeg

    अधिकांशले सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खशीबोका र कुखुराको मासु एकैठाउँमा स्टोरेज गरेको पाएपछि मनपरि गर्ने र उपमहानगरपालिकाको निर्देशन नमान्ने मासु व्यवसायीलाई अन्तिमपटक भन्दै सचेत गराइएको र २ वटा मासु पसललाई जनही ५–५ हजार रुपैयाँ जरिवाना गराईएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । उनले मासु व्यवसायमा मनपरी बढ्दै गएको र नियमन गर्दै पशु बधशालाबाट मासु ल्याउनका लागि सचेतना फैलाउने काम गरिएको जानकारी दिइन् ।

    नगरले गर्ने हरेक पटकका अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहोर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसलहरु एकै ठाउँमा राखेका, व्यवसाय दर्ता नगरेका जस्ता मासु पसल तथा सप्लायर्सलाई चेतावनी दिँदै सुधार गर्न निर्देशन दिनुपरेको उपप्रमुख अर्यालको भनाइ छ । उनले अब भने पशु बधशालामा बध गरेको मासुमात्रै बिक्री वितरण गर्नुपर्ने प्रावधानको पालना गर्न सबै व्यवसायीलाई आग्रह गरिन्।Masu Anugaman (2).jpeg

    करिब ६ बर्ष जापान बसेर फर्किएकी रुपा पौडेल खसीको मासुको पारखी र्नै हुन् । बुटवल ११ देवीनगरमा उनको घर छ, परिवारसंगै माघमा नेपाल फर्केकी उनलाइ घर छेउमा रहेको फ्रेस हाउसमा काटेको मासु खाएर बिरामी परेपछि पहिलाजस्तो मासु भनेपछि हुरुक्क मन जान छाडेको छ ।

    ‘मासु खाएपछि बिरामी नै भएँ,झाडा पखालाले तीन दिन बिस्तरामा परेँ ’ उनले भनिन् –‘मासु काटेकै देखेर खान मन लाग्दैन,न सरसफाइ न ब्यबस्थापन,बाटोमा पनि काटेर बेचेको देखेँ ।’ उनले सुनाइन् । ताजा र सफा गुणस्तरीय मासु खान मन लागेपनि नपाएको उनको गुनासो छ । उनले बिदेशमा स्वस्थकर मासु खाने बानी लागेकाले यहाँको मासु देखेरर खान मन नलाग्ने समेत सुनाइन् ।
    बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च, मासु व्यवसायी संघ, सञ्चारकर्मीसहितको अनुगमन टोलीले अखाद्य मासु र मासुजन्य पदार्थ जफत गरी नष्ट गरेको र कारबाही गर्ने खबर पौडेलको नोटीससमा रहेछ । उनीजस्तै अन्य मासु पारखीका भने अब खुसीको खबर छ । करिब २५ बर्षदेखि बधशालाका सपना अब पूरा हुने भएको छ ।

    रुपन्देहीको बुटवलमा पशु बधशाला निर्माण कार्य सम्पन्न भएको हो । बुटवल उपमहानगरपालिका –१० रामनगरमा दुई विघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीच सहमति भइ काम शुरु भएको छ ।

    बधशाला नहुँदा यहाँका उपभोक्ताले सडकपेटी, मुख्यबजार स्थानमा खुल्ला र सामान्य मापदण्ड मात्र पूरा गरेको पसलबाट मासु उपभोग गरिरहेका थिए । अब बधशाला सञ्चालनले यहाँका उपभोक्ताले स्वच्छ मासु खान पाउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । सार्वजनिक निजी साझेदारीमा वधशाला सञ्चालनको  मोडालिटी अनुरुप बधशालाको पुर्वाधार निर्माण भएको हो ।badsala.jpg

    सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा बमोजिम बधशालालाई व्यवस्थितरुपमा सञ्चालन गर्नेगरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइएको छ ।  बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरिसकेको छ ।

    विधेयकले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरागरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजतपत्र लिनुपर्नेजस्ता व्यवस्था गरेको छ । कानूनी हिसाबले समेत सहज हुने गरी बधशाला सञ्चालन भएको र अब यसले बुटवलबासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउने नगर प्रमुख पाण्डेयको भनाइ छ ।

    पशुपंक्षी विकास शाखाका झविन्द्र बञ्जाडेले मासु पसलहरु मापदण्डअनुसार सञ्चालन नभएको बताउँदै मापदण्डमा नआउनेलाई कारबाहीको दायरामा ल्याइने बताउछन् ।

    उनले पशु बधशाला तथा मासु सम्बन्धी संघ, प्रदेश र स्थानीय कानूनअनुसार बुटवलमा कार्यान्वयन हुने बताए।२२ करोड १३ लाख ३५ हजारको लागतमा बधशाला बनाउन ठेक्का सम्झौता भएको थियो ।जनप्रतिनिधिको चासो र सरोकारका कारण गुरुयोजनाका साथ अब व्यवस्थित बधशाला संचालनमा आएको हो ।

    दोस्रोपटक शिलान्यास :

    बिस २०७७ साल असार ३१ गते लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले दोस्रोपटक शिलान्यास गरेका थिए । पोखरेलले पशुपालन र मासुजन्य व्यवसाय एउटा महत्वपूर्ण उद्योगका रुपमा रहेकोले बधशालाले व्यवस्थित बजारिकरणको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।shankar.jfif

    ढिलो बन्यो तर नमुना बन्यो बधशाला :

    badsala butwal.jpgअहिले दैनिक एक हजार खसी बोका बध गर्न मिल्नेगरि बधशाला बनेको हो । यहाँ बाख्राको चरण, होल्डिङ, पशु स्वास्थ्य चेकजाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरुका लागि प्राथिमक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उधान र बगैंचा निर्माण भएको छ । तर बाहिरपट्टी फिनिसिङको काम भने बाँकी छ ।

    । यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर वायो ग्यास निकालिने छ । पानीलाई पुनःप्रयोग गर्न मिल्नेगरि प्रशोधन गरिने छ । बधशालामा दैनिक पाँच सय देखि एक हजारसम्म खशी बोकाको बध गर्न सक्ने संरचना तयार भएपछि यसक्षेत्रमा मासु उपभोग गर्ने आम उपभोक्ताहरु निकै खुसी भएका छन् ।

    कस्तो माछा–मासु हाइजेनिक हुन्छ ?

    धेरैजसाे विकसित मुलुकमा पशु या पक्षी स्वस्थ छ भनी सम्पूर्ण चेकजाँच गरेर कानमा सुरक्षित ट्याग लागेपछि मात्र वध गर्न योग्य मानिन्छ। यो काम गर्ने अधिकार राज्यको खाद्य प्रयोगशाला तथा सम्बन्धित विज्ञले मात्र पाएको हुन्छ। अस्वस्थ पशुपक्षीलाई छुट्याएर राखिन्छ र उपचार गरिन्छ, या त उपभोग गर्न अयोग्य ट्याग लगाएर छोडिन्छ। तर नेपालमा यस्तो गरेको पाइँदैन।

    नियमपूर्वक छाला, रगत र भित्री भागबाट छुट्याएर सेक्रिगेसन गरी सुरक्षित रुपमा डिप फ्रिजमा भन्डारण गरेर तयार गरेको मासु नै हाइजेनिक मानिन्छ, जुन मिश्रित रुपमा भन्डारण गर्नु हुँदैन।

    यदि त्यसो गरेमा कन्टामिनेसन हुँदा मासु सुरक्षित हुँदैन। जथाभावी चेकजाँच नगरी काटमार गरेर अव्यवस्थित रुपमा बिक्री–वितरण गरिएको मासुलाई हाइजेनिक मानिदैन। जसले जनस्वास्थ्यमा प्रतिकुल असर गर्छ। 

    मासु भन्डारण गर्दा काँचो मासु र पाकेको मासु कहिल्यै सँगै राख्नु हुँदैन। यदि राख्नैपर्ने बाध्यता भएमा राम्ररी छोपेर काँचो मासु तल्लो तह र पाकेको पासु माथिल्लो तहमा राख्नु जरुरी हुन्छ। काँचो मासुलाई लामो समयसम्म राख्नु छ भने १८ डिग्रीदेखि २२ डिग्रीसम्मको चिसो भएको डिप फ्रिजमा छोपेर या पोको पारेर मात्र राख्नुपर्छ। फ्रिज नहुनेले पंखाको हावा लाग्ने ठाउँमा सुकाएर राख्नु या अगेनोमाथि सुकाएर राख्न सकिन्छ र पकाउने बेलामा राम्ररी सफा पानीले पखालेर मात्र पकाउनुपर्छ।

    मासु खाँदा १८० देखि २२० ग्रामसम्म मात्र खानु उपयुक्त :

    मासु राम्ररी पाक्नु अत्यन्त जरुरी छ। नपाकेको मासु खाँदा विभिन्न रोग लाग्ने तथा नपच्ने डर हुन्छ। एक पटक मासु खाँदा १८० देखि २२० ग्रामसम्म मात्र खानु उपयुक्त मानिन्छ र तिनै छाकमा निरन्तर मासु खाँदा शरीर भारी हुने अल्छी लाग्ने हुन्छ। मासु सँगसँगै विभिन्न सागपात तथा सलाद र साकाहारी परिकार अनिवार्य रुपमा समावेश गर्नु वेश हुन्छ। बिहान पर्याप्त मासु खाए तापनि बेलुका मात्रा घटाउँदा उत्तम हुन्छ।

    मासु ज्यादा खाने हुँदा पानी पनि पर्याप्त पिउनु जरुरी छ। धेरै मासु खानु हानिकारक हुनसक्छ। नियमित रातो मासु मात्र खानुभन्दा कुखुरा, माछा, हरियो सागपात, सलाद मिलाएर खाँदा शरीरलाई फाइदा गर्छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology