बुटवल,पुस १२-
नेकपाका नेता घनश्याम भुसालले संसद पुनर्स्थापना भए अहिलेको पार्टी बिभाजन रोकिने दाबि गरेका छन् । प्रचण्ड–माधव समूहका नेता समेत रहेका उनले संसद पुनर्स्थापना भए नेकपा एक ठांउमा आउने दाबि गरे ।
भुसालले प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना हुनुपर्ने धारणा राखे । प्रतिनिधिसभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहना विपरित भएकाले पुनर्स्थापनाको विकल्प नभएको उनको दाबि छ ।
उनले विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहना विपरित गरिएको संसद विघटनलाई अदालतले सदर नगरेको बताए । उनले भने-‘अदालत गर्छ गरेन भने जनताको आन्दोलन र विद्रोहले संसद पुनर्स्थापना गरेरै छाड्छ ।’
प्रचण्ड–माधव समूहले रुपन्देहीको तिलोत्तमा टुलिप होटलमा गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने–‘अहिले ओली समूहमा लागेका मध्ये एकजनापनि ओलीले ठीक गरे भनेर होइन्,२(४ जना गएका छन् ती सबै ब्याक्तिगत कारणले हो,गएका मध्येबाट ओलीले ठीक गरे भन्ने एकजना मलाई देखाइदिनुस् ।’
संसद विघटनको निर्णयले नेपाली जनताले ५० वर्षदेखि चाहेको समृद्धिको आकांक्षा तुहाएको र अस्थिरतालाई बल पुगेको उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)