Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

राममणिमा शैक्षणिक योजना निर्माण सम्बन्धी प्रशिक्षण

राममणिमा शैक्षणिक योजना निर्माण सम्बन्धी प्रशिक्षण

  • 804
    SHARES

  • राममणिमा शैक्षणिक योजना निर्माण सम्बन्धी प्रशिक्षण

    तिलोत्तमा, चैत्र १० ।

    रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका प्राध्यापकहरूका लागि शैक्षणिक योजना निर्माण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    प्राध्यापन कार्य थप प्रभावकारी बनाउने उद्देश्यले शिक्षा तथा मानविकी संकायको आयोजनामा पुनर्ताजगी कार्यक्रमको रूपमा प्रशिक्षण दिइएको क्याम्पसले जनाएको छ ।

    सोही क्याम्पसका पाठ्यक्रम विषयका प्राध्यापक जीवनकुमार पौडेलले प्रशिक्षण दिँदै प्राध्यापन कार्य वढी प्रभावकारी बनाउने विधिबारे जानकारी दिँदै समग्र नतीजा बढोत्तरी गर्न सघाउ पु¥याउने बताउनुभएको थियो ।  

    संकाय प्रमुख लक्ष्मण खरेलको अध्यक्षता, सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेको सञ्चालन तथा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा क्याम्पसका स्नातक र स्नातकोत्तर तहमा प्राध्यापन गर्ने तीनवटै संकायका प्राध्यापकहरूको सहभागिता रहेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology