Logo बुधवार, कार्तिक १२ गते २०८३
images

राससको सेवालाई सहज र समाचारमा विविधता कायम गर्न सुझाव

राससको सेवालाई सहज र समाचारमा विविधता कायम गर्न सुझाव

  • 870
    SHARES

  • राससको सेवालाई सहज र समाचारमा विविधता कायम गर्न  सुझाव

    बुटवल, फागुन ६ ।

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्थानीय तहमा सुशासन जनताका अधिकारसंग जोडिएका महत्वपुर्ण बिषय हुने बताएका छन् । 

    राष्ट्रिय समाचार समितिको ६३ औँ बार्षिकोत्सवका अवसरमा रासस लुम्बिनी प्रदेश कार्यालयले आइतबार बुटवलमा आयोजना गरेको ‘सुशासन र समृद्धिकालागि रासस’ बिषयक अन्तरक्रियाको उद्घाटन गर्नुहुदै स्थानीय सरकारका रुपमा रहेका पालीकाहरुले सुशासनका लागि बिधी र प्रणाली स्थापित गर्ने प्रयास गरेपनि संबिधानले स्थापित गरेका हकअधिकार कुण्ठित गर्ने प्रयास भइरहेको बताए ।

    “ पाँच बर्षसम्म जनताको मतका आधारमा निर्वाचित भएर आएको जनप्रतिनिधी सङ्घीय सरकारको एकजना कर्मचारीको अधिकारका कारण कुनै काम गर्न नसक्ने अवस्था छ”, उनले भने, ” व्युरोक्रेसी’ मुलक स्थानीय सरकारले जनताको पक्षमा केही काम गर्न सक्दैन, यो अधुरो लोकतन्त्र हो ।” नगरप्रमुख पाण्डेले जननिर्वाचित निकायले अधिकार नपाउने तर जिम्मेवारी मात्र लिनुपर्ने तर अधिकार पाएकाले जिम्मेवारी लिनुनपर्ने यस्ता बिषयनै सुशासन र समृद्धिका प्रमुख बाधक भएको बताए ।

    उनले स्थानीय तहमा भएका कामहरुमा सञ्चारमाध्यममा खोजमूलक रुपमा समाचार आउन नसकेको बताए । उनले एकजना पत्रकारले एउटा मात्र बिषयमा लगातार खोजमुलक समाचार बनाउँदा पनि बुटवलको समृद्धिलाई टेवा पुग्ने सुझाए । नगरप्रमुख पाण्डेले मिडियामा सकारात्मक र राष्ट्रिय हितका पक्षमा कलम चलाउन आग्रह गरे । उनले मिडियाले पनि समय अनुसार आफ्नो परम्परागत शैलीलाई परिवर्तन गरेर बिधागत पत्रकारिता र खोजमुलक बिषय उठान गर्नेतर्फ केन्द्रित गर्नसके सुशासन र समृद्धि सम्भव हुने बताए ।

    कार्यक्रममा राष्ट्रिय समाचार समिति का पूर्व अध्यक्ष डा बालकृष्ण चापागाईंले राज्यको सञ्चार माध्यमको रुपमा रहेको एक मात्र समाचार एजेन्सीको गौरवपूर्ण इतिहास र वर्तमानमा यसको आवश्यकता अझै बढ्दै गएकाले राससको भूमिका अझै बलियो र सशक्त बनाउन राज्यले ध्यान दिनुपर्नेमा जोड दिए । उनले राससको सेवालाई विविधतायुक्त बनाउन जिम्मेवार हुनुपर्ने बताउँदै यसले दिने सेवालाई जनताको पहुँचमा पुग्ने सहज वातावरण बनाउन सुझाव दिए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेलले राससले सबै जनताले सजिलै सूचना पाउने वातावरण बनाउनसके ६२ वर्षको यसको ऐतिहासिकतामा थप गरिमा बढ्ने बताए । नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले समृद्धिबिना सुशासन सम्भव नहुने भएकाले राससले आफना समाचारका विषयमा सुशासन र समृद्धिका बिषय उठान गर्ने बिषयमा जोड दिनु सुझाव दिए । सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले राससमा जनताले राज्यका गतिविधिहरु सहजै जानकारी पाउने व्यवस्था हुनुपर्ने भन्दै राससका समाचार निःशुल्क पढ्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

    उनले राससलाई सङ्घीयताको मर्मअनुसार अब प्रदेश स्तरबाट समेत सेवा विस्तार गर्न सुझाव दिनुहँुदै यसको बलियो खम्बा बिचार स्तम्भमा सबै पक्षलाई समेट्ने व्यवस्था गर्न पनि सुझाव दिए । कार्यक्रममा प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, संसदीय मामिला पत्रकार समाज, लुम्बिनीका अध्यक्ष घनश्याम गौतमलगायतले राससको सेवालाई सहज बनाउन र समाचारका विषयमा विविधता कायम राख्न सुझाव दिए ।

    कार्यक्रममा रासस लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख भरत केसीले राससको ६ दशक लामो गौरवपूर्ण इतिहासदेखि हालसम्मको नेतृत्वले राससको सेवालाई समयानुकुल विकास गर्दै आएको बताए । उनले पछिल्लो समय राससको समाचार सेवाका विविधता र यसका सेवाग्राहीले पाउने सेवा सुविधाजस्ता विषयमा समेत जानकारी गराए ।

    कार्यक्रममा राससमा २०७९ सालमा ‘चमेराको जीवनचक्र सङ्कटमा’ विषयक आलेखलाई उत्कृष्ठ मानी रुपन्देहीका स्थानीय समाचारदाता पत्रकार  रामविकास चौधरीलाई  उत्कृष्ठ आलेख पुरस्कारबाट पुरस्कृत एवं सम्मानित गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, फाल्गुण ६ २०८०१०:४७:३५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology