Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

सङ्घीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

सङ्घीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

  • 885
    SHARES

  • सङ्घीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

    काठमाडौँ,माघ २३ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले मङ्गलबार प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम पाण्डेयलाई महासचिवमा नियुक्त गर्नुभएको हो । 

    पाल्पा जिल्ला रिव्दिकोट गाउँपालिका–१ निवासी पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी सङ्घीय संसद्को महासचिव पदमा नियुक्त गरिएको राष्ट्रपति  कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology